- Loading...
‘संविधान र व्यवस्था बचाउने काँग्रेसको पहिलो काम हो ’ नेता पाैडेल
- पुनहिल डट कम
- ३ साल अघि
- २५१ पटक पढिएको

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ताका लागि मरिहत्ते गर्न नहुने बताएका छन ।
नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति स्व. डा. भूपेन्द्रबहादुर खड्काको स्मृतिमा बेनीमा आयोजित श्रद्धाञ्जली सभामा नेता पौडेलले काँग्रेसको ढुलमुले नीतिका कारण अवसर गुमाएको बताउँदै लोकतन्त्र र प्रजातन्त्रका लागि लडेको काँग्रेसको पहिलो प्राथमिकता भनेको सत्ता नभएर संविधान र व्यवस्था बचाउनु भएको उल्लेख गरे ।
‘संविधान र व्यवस्था बचाउने काँग्रेसको पहिलो काम हो ’ नेता पाैडेलले भने ‘‘नयाँ राजनीतिक परिस्थितिमा काँग्रेसले ढुलमुल नीति लिने अवस्था छैन । खास कुरा गर्नुपर्दछ । काँग्रेसले खसोखास कुरा गर्दछ भन्ने कुरा जनातालई विश्वास दिलाउनुपर्दछ ।’’
कार्यक्रममा नेता पौडेलले स्वर्गीय खड्काले लोकतन्त्र र प्रजातन्त्रका लागि गरेको योगदानको चर्चा गरिएकाे थियो । कार्यक्रममा म्याग्दी लगायत पर्वत र बागलुङका काँग्रेस नेताहरुले स्वर्गीय खड्काप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । काँग्रेस सभापति खम्बिर गर्बुजाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा उपसभापति माधवप्रसाद रेग्मीले स्वागत र सञ्चालन सहसचिव भरत रकालले गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
