FLASH NEWS
  • Loading...

मोना कतारको अध्यक्षमा नरेन्द्र फगामी चयन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८२ पटक पढिएको
मोना कतारको अध्यक्षमा नरेन्द्र फगामी चयन

म्याग्दी प्रवासी नेपाली संघ (मोना),राष्ट्रिय कार्यकारी समिति कतारको अध्यक्षमा नरेन्द्र फगामी चयन हुनुभएको छ । मोना कतारको नेपाली समय अनुसार शुक्रबार सम्पन्न दशौ साधारणसभा तथा १८ औ बार्षिकोत्सवबाट बरिष्ठ उपाध्यक्ष राजु पौडेल, प्रथम उपाध्यक्ष बाबुराम भन्डारी, गम ब सेन्चुरी दित्तिय उपाध्यक्ष, महासचिव अजय कुवर, सचिव रामकृष्ण शर्मा,कोषाध्यक्ष हेम बानीयॉ चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा नरेन्द्र कुमार दर्जी, नर ब मल्ल, गंगाधर कँडेल, सुमन धर्ति, दशरथ खत्री, रिपार्ट खत्री निर्वाचित भएकाे नवनिर्वाचित महासचिव अजय कुवरले बताए ।

प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष शर्मा पौडेल, सल्लाहकारमा मिन बहादुर कार्की, लिला बहादुर चोखाल, शिब चोखाल, थम कुमार गिरी, टिका कार्की र देबी कँडेल, संस्थापक संरक्षकमा प्रेम रसाईली, संरक्षकमा बिक्रम कार्की, रमेश पौडेल र रेशम शाही चयन भएकाे मोना कतारले जनाएको छ ।