बहराइनका राजपरिवारका सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहण गर्न नेपाल आउँदै

२० फाल्गुन २०७७, बिहीबार मा प्रकाशित (6 महिना अघि)
पुनहिल संवाददाता
बहराइनका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहण गर्नका लागि नेपाल आउने भएको छ । मनामास्थित बहराइनका लागि नेपाली राजदूतावासले बिहिबार एक विज्ञप्ति जारी गरी उक्त टोली आगामी चैत २ गते नेपाल आउने भएको जानकारी गराएको छ। बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको उक्त टोली नेपालमा ७९ दिन रहनेछन् । उक्त टोली विशेष विमानबाट नेपाल आउनेछन् । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकर्स प्रालिले गरिरहेको छ । यसअघी बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफतापूर्वक आरोहण गरेको थियो ।