- Loading...
संक्रमणको दर ह्वात्तै घटेपछि फुर्सदीला कोरोना अस्पतालका डाक्टर अरु बिरामी जाच्छन
- पुनहिल डट कम
- ४ साल अघि
- २९४ पटक पढिएको

कोरोना संक्रमण तीब्ररुपमा फैलिएका बेला सबै स्थानीय तहमा खुलेका कोरोना अस्पताल पुगेका चिकित्सक यतिबेला फुर्सदमा छन । कोरोना संक्रमणको दर ह्वात्तै घटेपछि जिल्लाका सवै स्थानीय तहमा संचालित ५ बेड क्षमताको कोरोना अस्पतालका चिकित्सकलाई हाइसन्चो भएको हो ।
बेनी नगरपालिका समेत सवै ६ वटा स्थानीय तहमा रहेका कोरोना अस्पतालमा हाल कोरोनाका सक्रिय संक्रमित छैनन । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म २ हजार ४ सय २८ जनाको स्वावको पिसिआर परिक्षण गरिएकोमा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जिल्ला बाहिर पोखरा, काठमाण्डौ पुगेर कोरोना परिक्षण गर्ने र उपचार गर्नेको अभिलेख छैन । बेनी, पोखरा र काठमाण्डौका अस्पताल पत्ता लागेका संक्रमित मध्य १० जनाको कोरोनाबाट मृत्यु भएको छ ।
कोरोनाका विरामी नभएपनि डाक्टर अस्पतालमा मात्र बस्दैनन । नजिकै रहेको स्वास्थ्यचौकीमा पुगेर विरामी जाँच्ने गरेका छन । केही डाक्टर पालो मिलाएर गाउँपालिकाभित्रका सवै स्वास्थ्यचौकी पुगेर घुम्ती स्वास्थ्य परिक्षण शिविर गर्ने गरेका छन ।
‘अस्पतालमा विरामी भएनन भनेर थुपुक्क बसेका छैनौ । धेरै विरामीको उपचार गरेका प्राक्टीस पनि हुन्छ समय मिलाएर हरेक स्वास्थ्यचौकी पुगेर विरामी जाँच्छु’ अन्नपूर्ण गाउँपालिकाको कोरोना अस्पतालकी डाक्टर लक्ष्मी पन्थीले भनिन, ‘अस्पताल चौबिसै घन्टा खुला रहन्छ । स्वास्थ्यचौकी गएको समयबाहेक म अस्पतालमै हुन्छु । गाउँवस्ती डुलेर बेनी, पोखराका अस्पतालमा उपचार गराईरहेका विरामीको फ्लोअप गर्ने गरेकी छु ।’ उनले स्वास्थ्योपचारको पहुँचबाहिर रहेका गाउँका दुखी गरिव विरामीको सेवागर्ने सामुदायीक स्वास्थ्यउपचारको भावना बढेको दावी गरिन ।
‘दुर्गम गाउँमा डाक्टर पाउनु ठूलो कुरा हो । कोरोना अस्पताललाई अन्य स्थानीय अस्पतालमा रुपात्रण गरी डाक्टरलाइ सधै गाउँमै बस्ने व्वस्था गरे कति राम्रो हुन्थ्यो,’ अन्नपूर्ण–४ नारच्याङकी नरिमायाँ बुद्धुजाले भनिन, ‘एक्सरे मेशिन, रगत, दिशा, पिसाव जाँच्ने ल्यावको सुविधाभए, धेरै रोगको उपचार गाउँमै हुन्थ्यो ।’
कोरोना अस्पताल रहेको स्थानको स्वास्थ्य केन्द्रमा दैनिक ८–१० जना विरामी आउने गरेकोमा डाक्टर आउने भनेपछि विरामीको संख्या पनि बढेको छ । अन्य वडामा रहेका स्वास्थ्य केन्द्रमा भने हरेक हप्ता डाक्टर जाने दिनमा स्वास्थ्य परिक्षण शिविर नै चलाईन्छ । बरु डाक्टरले विरामी जाँचेर प्रिकेप्सनमा दिएको औषधी स्थानीय स्वास्थ्य केन्द्रमा नपाईने भएकोले विरामीले बेनी, पोखरासमेत सहरका आफन्तलाई प्रिकेप्सन पठाएर औषधी किन्ने गरेका छन ।
दुर्गम धवलागिरी गाउँपालिका–७ ताकमस्थित कोरोना अस्पतालका डाक्टर पनि बिरामी नभएपछि स्वास्थ्यचौकी पुगेर अन्य बिरामी जाच्छन । डाक्टरसहित अन्य स्वास्थ्यकर्मी विभिन्न स्कुलमा पुगेर कोरोना संक्रमणबाट वच्ने उपयाबारे सचेतना कार्यक्रम गर्छन ।
‘अढाइ महिना भयो, ताकमको कोरोना अस्पताल आएको । अन्य रोगका विरामीलाई भर्ना गरेर भएपनि उपचार गरेका छौ,ं’ डा.एकराज भण्डारीले भने, ‘गाउँमै ठूला डाक्टर आएका छन भन्दै टाढाटाढाका विरामी पनि आउन थालेका छन ।’ बिरामी जाँचेर प्रिकेप्सन लेख्ने तर स्वास्थ्यचौकीमा र अरु निजी औषधी पसलमा पनि औषधी नपाइने अवस्था रहेको भन्दै उनले सामान्य ल्याव, एक्सरे, जस्ता पूर्वाधार भए अझै राम्रो हुने बताए ।
अन्नपूर्ण र धवलागिरी गाउँपालिकामा मात्र होईन जिल्लाका सवै ५ वटै गाउँपालिकामा रहेका कोरोना अस्पतालका डाक्टर नजिकको स्वास्थ्य केन्द्रमा पुगेर नियमित विरामी जाँच्ने गरेका छन । गाउँवस्ती र घरदैलोमा स्वास्थ्य जाँचेको डाक्टरलाई विरामीले थप पैसा तिर्नु पर्दैन । डाक्टरहरु घरदैलो पुगेर विरामी खोज्दै स्वास्थय केन्द्र वोलाउने वा घरमै पनि उपचार गरिदिंदा स्थानीय खुसी भएका छन ।
‘ बुढी आमा विरामी हुनु भएको थियो, स्वास्थ्य केन्द्रमा लगेर दवाई त गरेको हो । निको भएन, पोखरा, काठमाण्डौका ठूला अस्पताल पुर्याउन सकेका थिएनौं । एकदिन डाक्टर घरमा आउनु भयो, आमालाई जाँचेर उहाँले नै पोखराबाट औषधी मगाएर उपचार गरेपछि निको भयो । डाक्टर त हाम्रो घरमा देउता आए झै भएको छ’ अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङका देउजीत पुनले भने, ‘अव सँधै डाक्टर गाउँमा बसीदिए, धेरै गरिवगुरुवाको उपचार हुने थियो ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो ३ महिनाकालागी एक जना मेडिकल अफिसर, २ स्टाफ नर्स र १ कार्यालय सहयोगी नियुक्त गर्न स्थानीय तहलाई बजेट ब्यवस्था गरेको थियो । कोरोना अस्पतालमा काम गर्न सरकारी तलव स्केलमा डाक्टर आउन नमानेपछि स्थानीयले तहले मासिक ५५ हजारसम्म पारिश्रमिक थप गरी एक लाखसम्म तलव दिएर डाक्टरलाई राखेका/अड्याएका छन ।
‘अहेव, अनमि र कहीं त कार्यालय सहयोगीले चलाएका दुर्गमवस्तीका स्वास्थ्य केन्द्रमा साँच्चैका डाक्टर नै पाउनु ठूलो कुरा भएको छ । तीन पटक विज्ञापन गर्दा पनि डाक्टर नपाएपछि मासिक एक लाख रुपैया तलव दिनेगरी वल्नतल्न डाक्टर भेटेका छौं’ दुर्गम धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले भने, ‘भोली गाउँपालिकामा खुल्ने १० शैयाको अस्पतालकालागी पनि डाक्टर आउने वातावरण हामीले बनाउन जरुरी छ । डाक्टर बसेपछि आधारभुत ल्याव समेतका पूर्वाधार जुटाउन लागेका छौं । गाउँपालिका जनताको स्वास्थ्य र शिक्षामा मन खोलेर लगानी गर्ने मुडमा छ ।’
कोरोना अस्थाई अस्पताल बाहेक सरकारले हरेक स्थानीय तहमा कम्तीमा १० शैया क्षमताको ग्रामिण आधारभुत अस्पताल खोल्न प्रकृया थालेको छ । गाउँपालिका तहमा अस्पताल राष्ट्रिय योजना आयोगबाट ससर्त अनुदान अन्र्तगत भौतिक संरचना निर्माण गर्न १ करोड ५० लाख बजेट प्राप्त भै निर्माण सुरु भएका छन ।
‘प्राथमिक अस्पतालको भौतिक संरचना निर्माण थालनी भएको छ । अस्पतालमा रहने डाक्टर समेत स्वास्थ्यकर्मीको दरवन्दी टुङ्गो भएको छैन । कोरोना अस्पतालमा आएका डाक्टरलाई निरन्तरता दिनु आवश्यक देखेका छौं’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘ग्रामिण भेगमा स्वास्थ्यकर्मीको उपलब्धताको निराशाजनक रहेकोले कोरोना अस्पतालमा आएका डाक्टरलाई कसिरी रोक्ने चुनौति छ । तैपनि हामी स्थानीय तहबाट डाक्टर ब्यवस्थापनम जुटेका छौं ।’
धवलागिरी गापाको ताकम स्वास्थय केन्द्रमा, मालिका गापाको दरवाङ, मंगला गापाको अर्मन स्वास्थ्य केन्द्र, रघुगंगा गापाको पिप्ले स्वास्थय केन्द्र तथा अन्नपूर्ण गापाको नारच्याङमा १५ शैयाको अस्पताल बनाउने प्रकृया सुरु भएको छ । मालिका गाउँपालिकाले स्थानीय दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तर उन्नत गरी अस्पताल बनाउन लागेको हो ।
‘भर्खर आएकी छु । कोभिशिल्ड खोप लगाउने चपाचाप छ । कोरोना अस्पताल भए पनि अन्य विरामीलाई नियमित स्वास्थ्य परिक्षण र उपचार गराउने योजनामा छु’ मंगला अस्पतालकी डा. रोशनी पुर्जाले भनिन, ‘अहिले असार मसान्तसम्मकालागी मात्र नियुक्ती लिएका छौं । यदी सरकारले असारपछि म्याद थप गरेन भने पनि स्थानीय तहले पारिश्रमिक ब्यवस्था गरे, म दुर्गम वस्तीमा बसेर दुखीगरिवको सेवा गर्न इच्छुक छु ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
