- Loading...
प्रचण्डको धम्की : क्रान्तिमा जानेछु
- पुनहिल डट कम
- ३ साल अघि
- ३४५ पटक पढिएको

‘ननभेज आन्दोलन’का पक्षधर
ननभेज अान्नेदाेलनका पक्षधर (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरी क्रान्तिमा जाने भन्दै धम्क्याएका छन्।
केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध ‘ननभेज’ (हिंसात्मक) आन्दोलन आव्हान गर्दा सर्वत्र आलोचित बनेका प्रचण्डले अझै दुई-चार ‘व्याटल’ (लडाई) जित्न बाँकी रहेको बताए।
“माओले ७२ वर्षको उमेरमा साँस्कृतिक क्रान्ति गरेका थिए। म एकचोटी फेरी क्रान्तिमा अगाडि जानेमा छु। तपाईँहरु यो कुरामा विश्वस्त रहनु होला। म छोड्नेवाला छैन। म लड्ने वाला नै छु,” नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको आज काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले भने, “एउटा ब्याटल त अहिले पनि लडेँ। त्यो ब्याटल हामीले जित्यौं पनि। अरु दुई–चारवटा ब्याटल जित्न बाँकी छ। र, हामीले जित्नै पर्छ।”
माओवादी सशस्त्र जनयुद्ध सुरु गर्ने बेलामा आफू ४२-४३ वर्षको भएको उनले स्मरण गरे। प्रचण्डले अगाडि भने, “म अहिले ६६-६७ वर्षको भएँ। उमेरले कति दिन्छ भनेर कतिपयले भन्छन्। उमेर भएकाले त छोड्दिनु पर्छ भन्छन्। म छोड्ने वाला छैन।”
प्रधानमन्त्री केपी ओली प्रवृत्तिका विरुद्ध १९ पेजको ‘डकुमेन्ट’ लेख्दा आफूलाई साच्चै नयाँ परिस्थितीमा फेरी अर्को जनयुद्धको थालनीको ‘डकुमेन्ट’ लेखेको अनुभुति भएको उनले बताए। प्रचण्ड नेतृत्वको माओवादी युद्धमा १७ हजार नेपालीले ज्यान गुमाएका थिए।
‘ओली प्रवृत्ति’ विरुद्ध भन्दै प्रचण्डले तत्कालिन नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रस्तुत गरेको १९ पेजको आरोपपत्रलाई प्रचण्डले चिनियाँ आन्दोलनको ‘बमबार्ड द हेडक्वाटर’सँग तुलना गरे। त्यसको अर्थ ‘बुर्जुवा हेडक्वाटरमा बम वर्षाउ, प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, षडयन्त्रकारी नेतृत्व माथि बम वर्षाउ’ रहेको उनले बताए।
“मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी सम्झौता गर्दा सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि अब फेरी जेल जान परे पनि तयार, मर्न पनि तयार बनेको हुँ। र, यो प्रवृत्ति माथि प्रहार गर्नैपर्छ भनेर गरेको हो,” प्रचण्डले भने।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
