- Loading...
८ जनाकाे पाठेघरमा शकास्पद क्यान्सर
- पुनहिल डट कम
- ४ साल अघि
- ४३९ पटक पढिएको

बेनी अस्पतालमा विहिवार गरिएकाे निशुल्क महिलाहरुकाे पाठेघर (VIA) परिक्षाणा गर्दा ८ जना महिलाकाे पाठेघरकाे मुखमा सम्भावित क्यान्सर देखिएकाे छ ।
गण्डकी प्रदेश सरकारको समन्वय र नेपाल टे«ड यूनियन महासंघ(जिफन्ट) बेनी नगर कमिटिको आयोजनामा भएकाे स्त्रीरोग सम्वन्धी शिविरमा २ सय ६५ जना महिलाकाे पाठेघरकाे परिक्षणा गरिएकाे थियाे ।
बेनी अस्पतालको ब्यवस्थापनमा आयोजित शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले आमाहरु बचाउ अभियान अन्तरगत पाठेघर सम्वन्धी स्वास्थ्य शिविर राखिएको बताईन । उनले गरिव विपन्न परिवारका आमाहरुलाई पाठेघरमा क्यान्सर भएपछि उपचारमा ठुलो रकम खर्च हुने बताउदै विपन्न परिवार लगायतका आमाहरुको निशुल्क पाठेघर परिक्षण सेवाले जटिल अवस्थामा सिर्जना हुनबाट बचाउने बताईन ।
पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धी परिक्षाणमा वशेषज्ञ डाक्टरहरु नवराज वास्ताकाेटी, जीतेन्द्र कडेल, पवन र स्त्रीराेग वशेषज्ञ सजना मानन्धरले सम्लग्न थिए । पाठेघरकाे याे परिक्षणले कम्तिमा तीन वर्षपछिसम्म पनि पाठेघरमा क्यान्सर लाग्न सक्ने अवस्थाकाे पनी पत्ता लगाउने अस्पताल विकास समितिका अध्यक्ष वेलबहादुर कटुवालले बताए ।
सोही कार्यक्रममको अवसरमा मन्त्री पुनले अक्सिज उत्पादन केन्द्रको समेत उद्घाटन गरेकी थिईन।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
