- Loading...
पूर्व माओवादीबाट मन्त्री भएका सबै एमालेमा समाहित हुँदै
- पुनहिल डट कम
- ३ साल अघि
- ३२० पटक पढिएको

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेमा रहेका पूर्व माओवादीका मन्त्रीहरुले एमालेमै रहने प्रतिवद्धता जनाएको बताएका छन्। सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि पनि एमालेमा रहेका पूर्व माओवादीतर्फबाट मन्त्री भएका नेताहरुले आफूहरु एमालेमै रहने प्रतिबद्धता जनाएको नेम्वाङले जानकारी दिए।
डिसी नेपालसँगको अन्तर्वार्तामा एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेम्वाङले भने, ‘उहाँहरुले (पूर्वमाओवादीबाट मन्त्री भएका) स्पष्ट शब्दमा भन्नु भएको छ, हाम्रो प्रतिवद्धता ठूलो कुरा हो, पद ठूलो कुरा होइन। त्यसो हुनाले हामी त नेकपा एमालेमै समाहित भएर काम गर्दै अगाडि बढ्छौं।’
सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन्। अहिले दुवै दल पूर्ववत हैसियतमा सक्रिय भएका छन्। तत्कालीन नेकपा प्रचण्ड–नेपाल समूहमा लागेका पूर्व एमाले नेताहरु एमालेमै फर्किने तयारी ररिरहेका बेला पूर्व माओवादीबाट मन्त्री बनेकाहरु भने एमालेमै रहने भएका हुन्।
हाल पूर्व माओवादीतर्फबाट गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापासहित सात जना मन्त्री छन्। उनीहरुले आफूलाई पार्टीले कारवाही गरेर पद गएपनि कुनै फरक नपर्ने र आफूहरु एमालेमै समाहित हुने बताएको नेम्वाङले जानकारी दिए।
फरक प्रसंगमा नेता नेम्वाङले तत्कालीन नेकपा प्रचण्ड–नेपाल समूहमा लागेर एमाले फर्किने तयारीमा रहेका नेताहरु नेताहरुप्रतिको सम्मानमा एकरति पनि कमी नआएको भन्दै एमालेमा सम्मानजन व्यवहार हुने बताए। सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने प्रचण्ड–नेपाल समूहमा लागेका नेताहरु पनि प्रतिबद्ध हुनु पर्ने भन्दै नेता नेम्वाङले पार्टी भित्र हार जितको भावना भन्दा पनि सौहार्दपूर्ण वातावरणमा काम गर्ने वातावरण बनाइने बताए।
‘उता जानु भएका नेताहरुप्रतिको सम्मानमा एकरति पनि कमी आएको छैन,’ नेम्वाङले भने, ‘सर्वोच्चको फैसला कार्यान्वयन गर्न उहाँहरु पनि नेकपा एमालेमा आउनुपर्छ। र सिगो पार्टीलाई एकजुट बनाउनेतर्फ अगाडि बढ्नुपर्छ।’
उनले पछिल्ला राजनीतिक घटना क्रमले दुवै पक्षलाई धेरै कुरा सिकाएको उल्लेख गर्दै नेता नेम्वाङले यस्ता विषयमा अदालतले डोर्याउनु भन्दा राजनीति दलका नेता कार्यकर्ताले आफूलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए। याे समाचार डिसीनेपालमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
