FLASH NEWS
- Loading...
माओवादी केन्द्रको निर्णय : सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने
- पुनहिल डट कम
- ३ साल अघि
- ३४१ पटक पढिएको

नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ ।
मंगलबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले कांग्रेस र जसपासँग वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘बैठकले अहिलेको सन्दर्भमा संसद, सरकार र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग छलफल, वार्ता अगाडि बढाउने निर्णय गरेको छ,’ श्रेष्ठले भने ।
नेकपा एमालेसँग पनि वार्ता हुने तर मुख्य जोड कांग्रेस र जसपासँग हुने श्रेष्ठले बताए । साथै बैठकले पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक र चैत १ कार्यकर्ता भेलाको पनि आयोजना गरेको उनले बताए ।
मंगलबारको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै छलफल नभएको श्रेष्ठको भनाई छ । माओवादीबाट सरकारमा रहेका मन्त्रीले पछिल्लो परिस्थिअनुसार आफ्नो दृष्टिकोण र धारणा प्रस्तुत गर्ने अपेक्षा गरेको श्रेष्ठले बताए । त्यसपछि मात्रै पार्टीले थप निर्णय गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
