FLASH NEWS
  • Loading...

कोरोना संक्रमणबाट २४ घन्टामा छ हजार दुई सय बढीको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५८ पटक पढिएको
कोरोना संक्रमणबाट २४ घन्टामा छ हजार दुई सय बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा पछिल्लो २४ घन्टामा छ हजार दुई सय ६२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बडी ब्राजीलका रहेका छन् । ब्राजीलमा एक हजार एक सय १४ जनाको मृत्यु भएको छ भने ३६ हजार एक सय ३६ जना संक्रमित थपिएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिकामा सात सय ६१ जनाको मृत्यु भएको छ भने ४३ हजार तीन सय ९२ जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा तीन सय ७९ जना, फ्रान्समा तीन सय ५९ जना, स्पेनमा एक सय जना, इटालीमा तीन सय १८ जना, जर्मनीमा एक सय ६६ जना, अर्जेन्टिनामा दुई सय ४१ जना, मेक्सिकोमा दुई सय ४७ जना, दक्षिण अफ्रिकामा एक सय २५ जना, युक्रेनमा एक सय छ जना, इन्डोनेसियामा दुई सय ८१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  एजेन्सी