- Loading...
हेपेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राख्ने निर्णय …
- पुनहिल डट कम
- ३ साल अघि
- २९९ पटक पढिएको

दलको नाम वा चिह्न निर्वाचन आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा दल दर्ता नहुने प्रावधान राजनीतिक दलसम्बन्धीको अध्यादेश, २०७३ को दल दर्ता हुन नसक्ने बारेको दफा (१) को (ङ)मा छ।
यो प्रावधानलाई चुनौती दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै पार्टीलाई एकता गर्ने र एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरे। एकता २०७५ जेठ ३ गतेका दिन भयो। निर्वाचन आयोगमा सोही नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णयसहितको पत्र पठाए। आयोगले चाहिँ २०७५ जेठ २३ गते उक्त नाममा दल दर्ता गर्ने निर्णय गर्यो, जब कि ऋषिराम कट्टेलको नाममा सोही नाम गरेको दल पहिले नै दर्ता थियो।
कट्टेलले पार्टीको नाम कब्जा गरेको भन्दै विरोध गरे र निर्वाचन आयोगलाई आफ्नो पार्टीको नाम नदिन अपिल पनि गरे। तर आयोगसामु उनको केही सीप चलेन। आयोगले २०७५ कात्तिक ९ गते जेठ २३ मा गरेको निर्णयलाई सदर गर्यो।
त्यसपछि ऋषिराम कट्टेल न्याय माग्न सर्वोच्च अदालत पुगे। यता ओली र प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष बने। एउटै जेट विमानको ‘डबल पाइलट’ घोषणा पनि गरे। उनीहरूकै शब्दमा ‘दुई पाइलट’ले उडाएको विमानमा दुई वर्ष पनि पूरा नहुँदै खराबी देखियो।
खराबीले नेकपा नामको विमानलाई दुर्घटनामा पुर्याइसकेको थियो। सर्वोच्च अदालतले हिजो पार्टी आधिकारिकता कट्टेललाई दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वामित्व पनि गुमेको छ। राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार यो परिणाम आउनुको दोष सम्पूर्ण रूपमा निर्वाचन आयोगले लिनुपर्ने हुन्छ।
आयोगले पहिले नै दर्ता भएको नाममा फेरि अर्को दल दर्ता गर्ने निर्णय गर्नु र दल दर्ता गरेर मान्यता दिनु ठूलो भूल भएको उनले बताए। अब देश गम्भीर कानुनी र संवैधानिक संकटमा फसेको भन्दै उनले चिन्ता पनि प्रकट गरे।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
