- Loading...
फैसलाविरुद्ध प्रचण्ड-माधव पक्षले पुनरावलोकन निवेदन दिने
- पुनहिल डट कम
- ४ साल अघि
- ३८० पटक पढिएको

प्रचण्ड–नेपाल पक्षका सांसद तथा प्रमुख सचेतक देवप्रसाद गुरूङले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिने भएको बताएका छन्।
फैसलाप्रति असहमति भएकोले पुनरावलोकन निवेदन दिने गुरूङले बताए। तर कहिले भन्ने उनले खुलाएनन्। “हिजो सर्वोच्च अदालतबाट भएको फैसलाप्रति हाम्रो सहमति छैन र पुनरावलोकनका लागि कानुनी प्रक्रियाबाट अगाडि बढ्ने सोचमा छौं”, गुरूङले बताए।
सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै उक्त पार्टीको आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।
खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएको छ। यी दुई दलको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। तर सर्वोच्चले उक्त नामको आधिकारिता कट्टेललाई दिएपछि हाल ओली र प्रचण्ड दलबिहीन भएका छन्।
सर्वोच्चको यही फैसलालाई प्रचण्डले असहमति जनाएका छन्। आज बिहान ११ बजे सोही विषयमा छलफल गर्न स्थायी कमिटी बैठक पनि प्रचण्डले बोलाएका छन्। ओलीले भने सर्वोच्चको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
