FLASH NEWS
  • Loading...

६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३२९ पटक पढिएको
६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप

सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ ।

म्याग्दीमा पनि आईतवारदेखी बेनीनगरपालिका, धवलागिरी, मालिका, मंगला गाउपालिका मा ६५ बर्षमाथीका जेष्ठनागरिकलाई कोरोना विरुद्धको खोप लगाउन तयारी पुरा भएको श्वास्थ्य कार्यालय बेनीले जनाएको छ । त्यसैगरी रघुगंगा र अन्नपूर्ण गाउपालिकामा भने फागुन २६ गतेदेखी मात्र कोरोना भाईरस विरुद्धको खोप लगाउन सुरु गरिने पनि कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार जिल्लाका सवै ४५ वडाका ५४ स्वास्थ् केन्द्रमा कोरोना विरुद्धको खोप केन्द्र तोकिएको छ । पहिलो चरणमा म्याग्दीमा दुई हजार ६ सय बढीलाई कोरोना विरुद्धको खोप लगाई सकिएको छ ।

आईतवारदेखी जेष्ठ नागरिकलाई लगाउने कोरोना भाईरस विरुद्धको खोप समेत आवश्यक स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी सवै खोप केन्द्रमा पुऱ्याएका छौंÕ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, क्षहाम्रो जस्तो कठिन भुगोलमा खोप केन्द्रसम्म जेष्ठ नागरिकलाई पुऱ्याउन चुनौति छ । तर हामी चुनौति सामना गरेर सवै जेष्ठ नागरिकलाई खोपको पहुंच पुऱ्याउछौं ।Õ

दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट सञ्चालन हुँदैछ । खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ । सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइको छ ।

माघ १४ गतेबाट नेपालमा खोप अभियान जारी छ। जसमा अहिलेसम्म चार लाख भन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन्। दोस्रो डोज भने १२ हप्ताभित्र लगाइसक्नपर्ने स्वास्थ्य मन्त्रालयको मापदण्ड छ।

जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउँदा विभिन्न कुरामा ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्। अहिले जेष्ठ नागरिकलाई लगाइने भनेको ‘कोभिशिल्ड’ खोप हो। उक्त खोप लगाउँदा रगत पातलो पार्ने औषधी खाइरहेकाहरूले चिकित्सकको सल्लाहमा लगाउनु राम्रो हुने उनको भनाइ छ।

खोप लगाइसकेपछि के खाने? 

खोप लगाइनुभन्दा पहिला र खोप लगाइसकेपछि उनीहरू सजग हुनुपर्छ। सामान्य तरिकाको अरू दिन खाएजस्तै गरी खाना खाएर खोप लगाउँदा केही समस्या हुँदैन।

खोप लगाइसकेपछि ज्वरो आएमा, शरीर दुखेमा भने शरीरमा पानीको मात्रा कम हुने सक्ने हुँदा प्रशस्त मात्रामा पानी पिउने, मदिराजस्त पदार्थ नखान  सुझाव छ।

खोप लगाउँदा के गर्ने? 

खोप लगाइसकेपछि कम्तिमा आधा घण्टा आराम गर्नुपर्छ। खोप लगाउने वित्तिकै हिड्न थाल्यो भने त्यसले थप समस्या निम्तिन सक्ने उनको भनाइ छ। त्यसरी आराम गर्दा खोप लगाउने वित्तिकै कुनै असर वा प्रतिक्रिया जनाएको खण्डमा स्वास्थ्यकर्मीले हेरविचार गर्न सक्छन्।

खोप लगाएको खण्डमा शरीर दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिएको खण्डमा औषधी खानको लागि चिकितस बताउँछन्।

कस्तो व्यक्तिले खोप नलगाउने? 

कुनै औषधी सेवन गरिरहेका तर अन्य रोग नियन्त्रण नभएकाहरूले खोप नलगाउन सुझाव छ।

“औषधी सेवन गरिरहेको छ । तर, अन्य कुनै समस्या छैन भने खोप लगाउँदा कुनै फरक पर्दैन। खोप लगाउँदा अलि सचेत भने हुनुपर्छ”,

खोप लगाउँदा ध्यान दिनुपर्ने कुराहरू

  • आफू स्वस्थ छु वा छैन। त्यसको पूर्ण जानकारी चिकित्सकलाई दिने।
  • दीर्घरोगी भएकाले पनि औषधी सेवन गरिरहेका तर, कुनै समस्या छैनन् भने खोप लगाउन सकिनेछ।
  • कडा खालको औषधि सेवन गरिरहेकाहरूले खोप नलगाउनु नै राम्रो हुन्छ।
  • रगत पातलो हुने खालको औषधी (उच्च रक्तचाप, न्यूनरक्तचाप) सेवन गरिरहेकाहरूले चिकित्ससँग परामर्श गरेर मात्र खोप लगाउनु उपयुक्त हुन्छ।
  • खोप लगाइसकेपछि देखिने सम्भावित समस्याहरू ज्वरो आउने, टाउँको, शरीर तथा जोर्नी दुख्ने समस्या देखिएको खण्डमा आफैंले औषधि सेवन गर्नुभन्दा चिकित्सकीय परामर्श लिनु आवश्यक हुन्छ।
  • खोप लगाइसकेपछि मादकपदार्थ सेवन गर्ने, धुम्रपान लगायत कूलत त्याग्नुपर्छ।
  • डर, त्रास वा अफवाहका पछि लाग्नुभन्दा आत्मबल बलियो बनाउनुपर्छ।
  • खोप लगाइसकेपछि शरीरमा पानीको मात्रा कम हुने सम्भावना बढी भएकाले प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ सेवन गर्नुपर्छ।
  • विश्वका अन्य देशमा कोरोना खोप अन्य उमेरसमूह भन्दा ५५ वर्ष माथिको उमेर समूहलाई बढी प्रभावकारी देखिएकाले त्यसमा कुनै डर, त्रास तथा शंका नगरेर नै खोप लगाउनुपर्छ।