FLASH NEWS
  • Loading...

विप्लव कार्यकर्ता रिहा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २५८ पटक पढिएको
विप्लव कार्यकर्ता रिहा

सरकार र नेकपा विप्लव समुह विच सहमति भै सार्वजनिक भएपछि विभिन्न मुद्धामा जेल तथा प्रहरी हिरासतमा भएको विप्लव कार्यकर्ता धमाधम छुट्न थालेका छन ।
गत फागुन १३ गते सर्वोच्च अदालत काठमाण्डौ परिसरबाट ‘अपराधिक लाभ’ मुद्धा लगाएर पक्राउगरी १४ गते विहान जिल्ला प्रहरी कार्यालय बेनीको हिरासतमा राखिएका ढोरपाटन नगरपालिका, २ सेराका भुवन सेन ठकुरी शुक्रवार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट छुटेका छन ।

नेकपा विप्लव समुहका मुस्ताङ इन्चिार्ज रहेका मालिका गाउँपालिका, ३ रुमका ६० बर्षिय पदम पुन ‘फिल्टर’लाई प्रहरीले एक साता अघि पक्राउ गरी राज्य विरुद्धको अपराध मुद्धामा जिल्ला अदालतमा म्याद थप गरिएकोले मुद्धा फिर्ताको प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै एक बर्ष अघि आफ्नै घरबाट हतियारसहित पक्राउ परी छुट्टाछुट्टै ४ वटा मुद्धामा पुर्पक्षकालागी थुनामा रहेका बेनी नगरपालिका, २ गौस्वाराका रेशम सापकोटाको पनि मुद्धा फिर्ताकालागी अदालती प्रकृया सुरु भएको पनि प्रहरीले भनेको छ ।

‘सरकार र नेकपा विप्लव समुह विच वार्ता भै तीन बुँदे सहमतिपछि विभिन्न मुद्धामा छुट्टाछुट्टै समयमा पक्राउ विप्लस समुहका नेता/कार्यकर्ता रिहाई गर्न थालेका छौं’ प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘प्रशासन तर्फबाट फैसला हुने मुद्धाका कार्यकर्ता छुटे, अदालतमा पेश गर्ने मुद्धाका कार्यकर्ताको मुद्धा फिर्ता प्रकृया सुरु भएको छ । आईतवारसम्म सवै रिहा हुनुहुन्छ ।’