- Loading...
राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको अर्को सफलता
- पुनहिल डट कम
- ३ साल अघि
- ३४८ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरे। प्रधानमन्त्रीको रुपमा ओलीले शपथग्रहण गरेपछिको पहिलो वर्ष आलोचनामै बित्यो। पहिलो वर्ष ओली सरकारले कुनै पनि काम गर्न नसेकेको भन्दै चौतर्फी आलोचना भयो।
ओलीको दोस्रो वर्ष सुरु भएपछि फागुन २४ गते डा. सिके राउतलाई सेफ ल्याण्डिङको काम गरे। आलोचनामै रहेका ओलीले एकाएक डा. राउतलाई सेफ ल्याण्डिङ गरेपछि उनको आलोचना गर्नेहरुले प्रशंशा गर्न थाले। तराईमा पृथकतावादी आन्दोलन चलाएका राउतलाई नेपाली राजनीतिको मूलधारमा ल्याएपछि ओली नेतृत्वको सरकारले पहिलो राम्रो काम गरेको विश्लेषण हुन थाल्यो। सरकारको दोश्रो वर्ष सन्तुलनमा नै बित्यो।
धुलो धुवाँले आक्रान्त काठमाडौंको कुरा उठेर आलोचित भएका ओलीले खाल्डाखुल्डी पुर्ने निर्देशन दिए। उनको निर्देशनपछि काठमाडौंका सडकहरुमा भएका खाल्डाखुल्डी पुरिए। धुलाम्य र हिलाम्य सडकहरुमा कालोपत्र सुरु भयो। सरकारले तेस्रो वर्ष प्रवेश गर्नु पूर्व नै विश्वमा कोरोना महामारीको सुरुवात भइसकेको थियो।
प्रधानमन्त्रीको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने निर्णय सर्वोच्च अदालतले निर्णय बदर गरेपछि ओली नेतृत्वको सरकारले नेत्रविक्रमको प्रतिबन्धमात्र खुलाएन उक्त पक्षसँग सफल वार्ता पनि गरेको छ। यसलाई ओलीको ठूलो सफलताको रुपमा हेरिएको छ ।विद्रोहमा गएको समूहले संवादका माध्यमबाट राजनैतिक समस्याको समाधान गर्न तयार हुनु मुलुकको हितका लागि राम्रो मानिएको छ ।
२०७५ सालको फागुन २८ गतेको मन्त्रिपरिषदको बैठकले उक्त समूहलाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धको दुई वर्षपछि विप्लव समूहसँग भएको वार्ता सफल भएपछि ओलीको अर्को सफलताको चर्चा चुलिएको छ। यो सफलतालाई प्रधानमन्त्री ओलीले पार्टी भित्रबाट नै काम गर्न नदिएको भन्ने कुराको प्रमाणका रुपमा प्रस्तुत गरेको राजनीतिक जानकारहरु बताउछन्। प्रधानमन्त्री ओलीको पछिल्लो रणनीति भनेकै आफूलाई काम गर्न नदिइएको प्रमाणित गर्नेतर्फ केन्द्रित छ । source-dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
