FLASH NEWS
  • Loading...

कोरला नाकामा सुख्खा वन्दरगाहा संभाब्यता अध्ययन गरिँदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४२२ पटक पढिएको
कोरला नाकामा सुख्खा वन्दरगाहा संभाब्यता अध्ययन गरिँदै

हिमालपारीको मुस्ताङ्गमा पर्ने नेपाल–चीन विचको २४ नम्बर सीमा स्तम्भ रहेको कोरला नाकामा सरकारले सुख्खा वन्दरगाहा निर्माणको संभाब्यता अध्ययन सुरु भएको छ ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्र्तरगतको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट वोर्डले कोरोला नाकामा सुख्खा बन्दरगाहा बनाउन भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागन अनुमान (डिपिआर) गर्ने काम थालिएको हो ।
नेपाल–चीन वीच दुई वर्ष अघि हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार चीनका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको नेचुङ–लेक्जे (कोरला) नाका सुख्खा बन्दरगाह बन्ने छ ।
‘कोरोला नाकामा सुख्खा बन्दरगाह निर्माण गर्न संभाब्यता अध्ययनकालागी आएका हौं । कोरोला नाकाको भौगोलिक अवस्था, पूर्वाधार एवं ब्यापार तथा डुवानी संरचनाको खाका र लागत अनुमान गरी रिपोर्ट दिने हामीलाई जिम्मेवारी दिईएको छ’ कार्यस्थलमा रहेको परामर्शदाता सितारा कन्सल्टेन्सीका निर्देशक टिका कोईरालाले भने, ‘भन्सारको नाममा कोरोला नाकाको दशगजा छोडेर प्राप्त १ हजार जग्गा र १२ किमी तल नेचुङमा गरी दुई ठाउँमा संभाब्यता अध्ययनगरी रिपोर्ट बुझाउछौं ।’


कारोला नाकामा चीनिया पक्षले भने दशगजा छोडेर आधुनिक सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्ध गाएतका पूर्वाधार खडा गरिसकेको छ ।
कोरोला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गर्ने गरी सुख्खा बन्दरगाहा निर्माणको संभाब्यता अध्ययन गरिने भएको हो । नेपाल–चीन विच परम्परादेखी नै ब्यापार गर्दै आएको कोरोला नाका कोरोना संक्रमण सुरु भएदेखी बन्द छ ।
‘मुस्ताङ्वासीको वारम्बारको माग र गण्डकी प्रदेशका सरकारको दवावले कोरोला नाकामा सुख्खा बन्दरगाहाको संभ्याब्यता अध्ययन सुरु भएको छ । केही बर्षमै कोरोला नाकामा पनि सुख्खा बन्दरगाह निर्माण भै सक्ने छ’ मुस्ताङबाट प्रतिनिधी सभा सदस्य प्रेमप्रसाद तुलाचनले भने, ‘अव हाम्रो ध्यान बेनी–जोमसोम–कोरोला सडकको स्तरबृद्धी तथा कालोपत्रे गर्ने काममा भैरहेको ढिलासुस्तीलाई हटाउन प्रयास जरुरी छ ।’
कोरला नाकामा बन्ने सुख्खा बन्दरगाहबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य पोखरा–बेनी–जोमसोम–कोरोला अन्र्तदेशिय सडक निर्माण गर्ने काममा ढिलाई भैरहेको छ । अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण भैरहेको छ ।
हाल कोरला नाका स्न १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट ३० किमी क्षेत्रका बासिन्दालाई परम्परागत विनिमय ब्यापार (वार्टर ट्रेड) आधारित छ । अहिले कोरला सिल वोर्डर हो । वर्षको दुई पटक सीमा क्षेत्रमा ब्यापार मेला लाग्छ । वर्षमा दुईचोटि (जेठ–असार र भदौ–असोजमा) कोरला नाकामा हाट पनि लाग्छ, जहाँ दुवै देशका व्यापारीले आ–आफ्ना सर–सामान लगेर एक अर्कालाई बेच्ने गर्छन ।

कोरोला नाकामा रहेको २४ नम्बरको सीमास्तम्भपारी निर्मित भब्य चिनियाँ सुख्खा बन्दरगाहा र जोडिएको चिल्लो चौडा सडक ढोङ्वासेनदेखी केही परको सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ मा पुगेर जोडिन्छ ।