- Loading...
नयाँ शैक्षिक सत्र १० महिनाको मात्र
- पुनहिल डट कम
- ४ साल अघि
- ५०४ पटक पढिएको

आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो ।
सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यार्थीको समयको क्षतिलाई न्यून गर्दै शैक्षिक सत्र मिलाउने तयारीअनुसार नै सरकारले आगामी शैक्षिक सत्र १० महिनामा पूरा गर्ने निर्णयमा पुगेको जानकारी दिनुभयो ।
यसको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्नेछन् । निर्देशक पौडेलले शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने बताउनुभयो । सोअनुसार आगामी शैक्षिक सत्रमा पनि विद्यार्थीले तोकिएको पाठ्यक्रम पूरा अध्ययन गर्न नपाउने भएका छन् ।
पाठ्यक्रमलाई तोकिएको ढाँचामा घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ । शैक्षिक सत्रलाई चैतभित्र पूरा गर्दा केही बिदालाई समेत मिलाउने सरकारी योजना छ ।
अर्को शैक्षिक सत्र वैशाखबाटै
आगामी २०७८ सालको चैतमा शैक्षिक सत्र पूरा भएपछि २०७९ सालको शैक्षिक सत्र भने वैशाखबाट सुरु गर्ने र चैतमा पूरा गरिने भएको छ ।
कोरोनाका कारण बिग्रेको नेपालको शैक्षिक सत्रको मिलान २०७९ सालभित्रमा गरिने र त्यसपछि शैक्षिक सत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ । २०७९ सालको शैक्षिक सत्र १२ महिनामा पूरा हुनेछ । यो खबर गोरखापत्रमा छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
