- Loading...
आफूमाथि सांघातिक आक्रमणको खतरा: प्रधानमन्त्री ओली
- पुनहिल डट कम
- ३ साल अघि
- ३८५ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सांघातिक आक्रमणको सम्भावना रहेको बताएका छन् ।
पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूमाथि र आफ्नो पार्टीमाथि भएको षड्यन्त्रको विरुद्धमा आफू पनि नरहने सक्ने तर विधि र प्रक्रियाको लागि आफू लडिरहने प्रतिबद्धता व्यक्त गरे ।
उनले सम्पूर्ण रुपमा आफूमाथि प्रहार भएको दाबी गर्दै यदि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्न पनि आग्रह गरे । उनले देश र पार्टीलाई अन्धकारको बाटोमा जान नदिनका लागि कार्यकर्ताहरुलाई अनुशासित ढंगले काम गर्न आग्रह गरे ।
यसैबीच, उनले आफूमाथि हुने सांघातिक आक्रमण निस्तेज पार्न सुरक्षा व्यवस्था चुस्त पार्न आग्रह गरे । उनले आफूलाई गलत्याएर नभै विधि र प्रक्रियाबाट हटाउन प्रचण्ड माधव पक्षलाई चुनौती दिए । उनले भने, ‘पार्टी एकताका लागि मैले बहुमत छोडेर उहाँहरुले ल्याएका नामलाई सदर गरेको हुँ । उहाँहरु निर्वाचित हैन । आवश्यक परेमा मैले नै हटाउन सक्छु । त्यो अधिकार ममा छ । केको बहुमतको कुरा गर्ने ?’
आफू पहिलो पटक प्रधानमन्त्री कालमा पनि पार्टीभित्रैबाट असहज हुँदै माधव नेपाल, झलनाथ खनालको षड्यन्त्रमा आफूलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको दाबी गरे ।
संसद पुनस्र्थापना विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई आफूहरुलाई मान्य भएको उल्लेख गर्दै उनले भने, ‘अब देश कतातिर जान सक्छ भन्ने निक्र्यौल भने छैन ।’ तैपनि प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने भन्दै कार्यकर्तालाई आश्वासन दिए ।
प्रधानमन्त्री ओलीले विप्लव माओवादीलाई हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आग्रहसमेत गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
