FLASH NEWS
  • Loading...

पोखरा रङ्गशालामा प्रधानमन्त्री ओली

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८८ पटक पढिएको
पोखरा रङ्गशालामा प्रधानमन्त्री ओली

|kf]v/f, !& kmfu'g M kf]v/f /ªuzfnfsf] lg/LIf0fkl5 v]nf8L tyf k|lzIfsnfO{ ;Daf]wg ub}{ g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf kf6L{ cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M /flwsf sF8]n, /f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्त समय तालिकाका बीच आज पोखरा रङ्गशालाको निरीक्षण गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका लागि पोखरा आएका ओलीले सभागृहमा पार्टीको भेलालगत्तै दिउँसो फुटबल रङ्गशालाको अवलोकनमा पुगेका थिए । मुलुकको प्रमुख कार्यकारी रङ्गशाला आउने खबर पाएपछि उत्साहित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षक उनको स्वागतमा प्रवेशद्वारमा राष्ट्रिय झन्डा फहराउँदै उपस्थित भइसकेका थिए ।

प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तराष्ट्रियस्तरको फुटबल रङ्गशालामा बसेर रङ्गशालाभित्र निर्माण सम्पन्न भएका खेल पूर्वाधार तथा निर्माणाधीन पूर्वाधारका बारेमा जानकारी लिएका थिए। सुन्दर अन्नपूर्ण हिमश्रृङ्खलाको पृष्ठभूमिमा बन्दै गरेको रङ्गशालालाई एशियाली फुटबल महासङ्घ (एएफसी)ले एशियाको उत्कृष्ट रङ्गशाला भनेर आफ्नो वेवसाइटमा राखेको छ । प्रधानमन्त्री ओलीलाई आयोजकले सोही रङ्गशालाको सुन्दर तस्बीर ‘मायोको चिनो’ स्वरुप उपलब्ध गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय खेलकूद परिषद्रा (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पोखरा रङ्गशालाको गुरुयोजना (मास्टर प्लान) तथा खेल पूर्वाधारका बारेमा जानकारी गराइरहँदा प्रधानमन्त्रीले त्यसलाई रुचिपूर्वक सुनेका थिए । रङ्गशालाभित्रका भलिबल कोर्ट, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्डहल, क्रिकेट मैदान, आर्चरी मैदान, टेनिस कोर्ट, ह्याडबल, स्क्वासलगायत खेल पूर्वाधार तथा समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई सदस्यसचिव सिलवालले जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले रङ्गशालामा उपस्थित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षकलाई सम्बोधन गर्दै गत वर्ष १३ औँ दक्षिण एशियाली खेलकूद (साग)का केही खेल पोखरामा सफल सञ्चालनबाट ठूलो उपलब्धी हासिल भएको बताए ।

प्रधानमन्त्रीले भने, “अहिले खेलकूद आयोजना गर्न मिल्ने गरी रङ्गशाला निर्माण भएको १३औँ सागको आयोजनाले पनि देखाएको छ, यसबाट नेपाल, गण्डकी प्रदेश र पोखराले ठूलो उपलब्धी हासिल गरेकोमा म गण्डकी प्रदेश र पोखरालाई बधाई भन्न चाहन्छु ।”

प्रधानमन्त्रीले पोखरा रङ्गशालालाई अस्थायी रुपमा मात्र नभई सम्पूर्ण हिसाबले तयारी अवस्थामा राख्नुपर्ने बताउँदै आवश्यक खेल पूर्वाधार निर्माणमा सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

“स्वीमिङ,आर्चरी (धनुवाण), पौडी पोखरी निर्माण गर्ने योजनामा केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने काम गरिनेछ । सातै प्रदेशमा रङ्गशाला निर्माण गर्ने योजना सरकारको छ । कतिपय ठाउँमा बनिरहेको पनि छ ।” उनले भने, “पोखरा रङ्गशाला निर्माणलाई पूर्णता दिन सरकारको तर्फबाट गर्नुपर्ने कुरा मलाई बताउनुभए हुन्छ, म प्रतिबद्ध छु । यसको अग्रसरता प्रदेश सरकार र खेलकूद परिषद्ले लिनेछ ।”

सदस्यसचिव सिलवालले अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला, स्वीमिङ पुल, सुटिङ रेन्च तथा क्रिकेट मैदानमा प्यारापिटलगायतका खेल पूर्वाधार बजेट अभावमा अघि बढ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । रङ्गशालामा हालसम्म भएका भौतिक प्रगतिका बारेमा जानकारी गराउन प्रधानमन्त्रीको रङ्गशाला अवलोकन कार्यक्रम तय गरिएको सदस्य चिव सिलवालले बताए। आगामी नवौँ राष्ट्रिय खेलकूद विसं २०७८ भित्रमा गण्डकी प्रदेशमा हुने भएकाले कतिपय खेल पूर्वाधार बजेट अभावमा रोकिएकाले सरकारबाट निकासा भएको खण्डमा तिनले पूर्णता पाउने सिलवालले बताए ।

राष्ट्रिय खेलकूदअन्तर्गत गण्डकीका सबै जिल्लामा कम्तीमा एउटा खेल खेलाउने योजना रहेकाले बाँकी पूर्वाधार छिटो निर्माण गर्नुपर्ने अवस्था रहेको राखेप सदस्य राजेश गुरुङले बताए । उनका अनुसार प्रधानमन्त्रीको रङ्गशाला निरीक्षणबाट पूर्वाधार विकास र खेल पर्र्यटन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको छ ।