FLASH NEWS
  • Loading...

रघुगंगा गाउँपालिका अध्यक्षलाई मातृशोक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४४४ पटक पढिएको
रघुगंगा गाउँपालिका अध्यक्षलाई मातृशोक

म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलाई मातृशोक परेको छ । नेपाली काँग्रेस म्याग्दीका नेता समेत रहनुभएका भबहादुर र काँग्रेस जिल्ला कार्य समितिका सदस्य केवि भण्डारीकी आमा नैनकला भण्डारीको ८६ बर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्य समस्याको उपचार पश्चात घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी भण्डारीको मंगलवार राती निधन भएको हो । उहाँका चार छोरा र तीन छोरी छन । दिवंगत भण्डारीको बुधवार रघुगंगा गाउँपालिका–३  स्थित तिल्केनीचौर घाटमा अन्तिम संस्कार गरिएको छ ।