- Loading...
नेपालका फुटबल क्लब अब प्राइभेट लिमिटेडमा जाने
- पुनहिल डट कम
- ३ साल अघि
- ३९० पटक पढिएको

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गैरसरकारी संस्थाको रुपमा दर्ता भएर फुटबल गतिविधि सञ्चालन गरिरहेका नेपालका फुटबल क्लबलाई प्राइभेट लिमिटेडमा लैजान पहल थालेको छ ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर गैरनाफामुलक रुपमा सञ्चालित नेपालका अधिकांश फुटबल क्लबलाई नीजि रुपमा पनि सञ्चालन गर्न पाउने गरि एन्फाले पहल थालेको हो ।
एसियाली फुटबल महासंघ (एएफसी)को नियमावली अनुसार नेपालका अधिकांश सामुदायिक क्लबलाई प्रालीमा लैजान एन्फाले छलफल प्रक्रिया समेत अघि बढाएको छ । नेपालका शीर्ष डिभिजन सहित घरेलु फुटबलका अधिकांश क्लब सामुदायिक क्लबको रुपमा दर्ता छन् । सामुदायिक क्लबले फुटबलसंगै अन्य सामाजिक गतिविधि समेत सञ्चालन गर्दै आएका छन् ।
नेपालका अधिकांश फुटबल क्लब समुदायमा आधारित छन् । क्लबको मुख्य आम्दानीको स्रोत समुदायबाट उठ्ने चन्दामा निर्भर छ । एएफसीले फुटबल क्लबलाई पुर्ण रुपमा ब्यवसायीक बनाउने उद्धेश्यले एएफसी क्लब लाईसेन्स लागु गरेको छ । तर पुर्वाधार अभावमा नेपालका अधिकांश फुटबल क्लब एएफसीको लाईसेन्स प्राप्त गर्न बञ्चित हुँदै आएका छन् ।
फुटबललाई थप व्यवस्थित र ब्यवसायीक बनाउन एएफसीले क्लबलाई नीजि रुपमा सञ्चालन गर्न प्रेरित गर्दै आएको छ । तर समुदायमा आधारित नेपालका फुटबल क्लबलाई नीजि रुपमा स्वामित्व हस्तान्तरण गर्न समस्या देखिन्छ । सोही अनुसार एन्फाले शीर्ष डिभिजनका क्लबलाई प्राइभेट लिमिटेडमा जान मिल्ने गरि गृहकार्य अघि बढाएको हो । एन्फाले सामाजिक क्लबको स्वामित्व नीजि रुपमा हस्तान्तरण हुने गरि छलफल प्रक्रियालाई अघि बढाएको छ ।
‘खेलाडीमात्र ब्यवसायीक भएर भएन । क्लब पनि ब्यवसायीक भए पो फुटबल टिक्छ ।’ एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले भने ‘अन्तिम लक्ष्य भनेको क्लबलाई नीजि रुपमा सञ्चालन गर्ने नै हो ।’
घरेलु लिग फुटबल खेल्ने अधिकांश शीर्ष डिभिजनका क्लबको मुख्य आम्दानीको स्रोत एन्फाको तयारी खर्च, प्रायोजक रकम र चन्दा हो । लिग उपाधि जित्ने क्लब समेत घाटामा जाने यथार्थ घरेलु फुटबलमा यथावत छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
