- Loading...
नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि राष्ट्रसंघकाे सिफारिस
- पुनहिल डट कम
- ३ साल अघि
- २७३ पटक पढिएको

संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिको लागि सिफारिस गरेको छ। राष्ट्रसंघको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको हो।
संयुक्त राष्ट्रसंघीय विकास नीति सम्बन्धी कमिटीले सन् २०२६ देखि लागू हुनेगरि सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाललाई विकासशील राष्ट्र हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्रमा पु¥याउने संकल्पमा यस सिफारिसले ठूलो भरोसा प्रदान गरेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन्।
राष्ट्रसंघीय विकास नीति कमिटी (सिडिपी)ले हरेक तीन वर्षमा गर्ने समिक्षात्मक विश्लेषण यहि वर्षको फेब्रुअरी २२ देखि २६ सम्म गरेको थियो। सो समिक्षामा नेपालले अल्पविकसितबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने मापदण्ड पूरा गरेको जनाइएको छ।
प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन्। यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ। source- dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
