- Loading...
गलेश्वर क्षेत्र विकास कोषको कार्यकारी सभा सम्पन्न
- पुनहिल डट कम
- ३ साल अघि
- ३७२ पटक पढिएको

कालीगण्डकी नदी किनारामा विकसित हिन्दु सभ्यताको प्राचीन थलोका रुपमा परिचित महत्वपूर्ण तीर्थस्थल गलेश्वरधामको संरक्षण तथा प्रर्वद्धन गर्न गठित गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभा शनिवार सम्पन्न भएको छ ।
सभाको प्रमुख गलेश्वरधाम परिसरमा रहेको सभा हलमा जिल्ला अधिकारी उमाकान्त अधिकारीले पानसमा दीप प्रज्वलनगरी उद्घाटन गरे । १५ औं कार्यकारी सभामा गलेश्वर मन्दीरका संरक्षक छोरा रमेश पराजुली समेतको उपस्थिती रहेको कोषले जनाएको छ ।
सभाले कोषका अध्यक्ष रुद्रबहादुर केसी गलेश्वर शिवालय मन्दीर र कोषको समग्रता, सचिव माधव रेग्मीले प्रगति प्रतिवेद, कोषाध्यक्ष बमबहादुर पुनले पेश गरेको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । त्यसैगरी सभाले गलेश्वर मन्दीरको छाना आरसिसि ढलानको सट्टा पित्तलको छाना राख्न कार्यसमितिलाई स्वीकृती प्रदान गरेको कोषका सचिव माधवप्रसाद रेग्मीले बताए ।
सभामा उपस्थित पाहुना तथा सभासदहरुलाई स्वागत गर्दै उपाध्यक्ष भीमनाथ पराजुलीले पवित्र तिर्थस्थल भित्र पर्ने जेष्ठ नागरिक आश्रम र अन्नक्षेत्र भित्र अपवित्र ब्यवहार हेको भन्दै असन्तुष्टी पोखे । पराजुलीले गलेश्वर शिवालय मातहत राखिएको अन्न क्षेत्र र जेष्ठनागरिक आश्रमलाई स्वतन्त्र अर्को संस्था मार्फत चलाउन आवश्यक रहेको उल्लेख गरे ।
सदरमुकाम बेनीबाट ३.५ कि.मी.उत्तर तर्फ रहेको ९ वर्ग किमी क्षेत्रफलको एउटै ढुङगामाथी अवस्थित गलेश्वर धाम नेपालकै एक प्रसिद्ध शिव तथा वैष्णव दुवै सम्प्रदायको साझा तिर्थ धाम हो ।
हालको प्यागोडा शैलीको आधुनिक प्रविधीको मन्दीर भने स्थानिय राधाकृष्ण शर्मा पराजुलीले आफनै निजी खर्चमा निर्माण गरेका हुन । रहुगंगा र कृष्णगण्डकीको संगमस्थल गलेश्वर मन्दिरमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन ठुलो मेला लाग्ने गर्दछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
