FLASH NEWS
  • Loading...

सरकारी निकाय विच समन्वय नहुँदा ब्यवसायीलाई सास्ती

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१८ पटक पढिएको
सरकारी निकाय विच समन्वय नहुँदा ब्यवसायीलाई सास्ती

फागुन १२ गते बुधवार बेनी नगरपालिका, ६ सेतीपहिरो नजिकै ठूलो बगरबाट नदीजन्य पदार्थको उत्खनन गरिहेको अवस्थामा प्रहरीले ‘अवैध’ भन्दै स्काभेटर र दुई वटा ट्रिपर नियन्त्रणमा लियो ।
नदीजन्य पदार्थ उत्खननमा संलग्न पर्वतको जललजा गाउँपालिका, ७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासंग ठूलोबगर र गलेश्वर मजुवामा नदीजन्य पदार्थ उत्खनन गर्न फागुन ५ गते सम्झौता गरेको पत्र देखाएपछि प्रहरीले विहिवार नियन्त्रणमा लिएका स्काभेटर तथा ट्रिपर विहिवार छोड्यो ।
शुक्रवार (फागुन १४) विहान साहना निर्माण सेवाले पुन: सोही स्थानमा नदीजन्य पदार्थ उत्खनन सुरु गऱ्यो । ठेकदारले नदीजन्य पदार्थ सडकमा निकाल्न नपाउँदै शसस्त्र प्रहरी वल आश्रित गुल्म गलेश्वरले ‘कुनै जानकारी नभएको’ भन्दै पुन: साहना निर्माण सेवाका स्काभेटर र ट्रिपर नियन्त्रणमा लियो ।
आफ्ना उपकरणसहित नदीजन्य पदार्थ नियन्त्रणमा लिएपछि ब्यवसायी शिव घर्ती बेनी नगरपालिकासँग भएको सम्झौता पत्र बोकेर पुगे । शसस्त्र प्रहरी वलको गलेश्वर स्थित गुल्मले ब्यवसायीलाई भन्यो, ‘त्यस बगरबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न कसैले अनुमति पाएको जानकारी हामीलाई आएको छैन । जानकारी नआउँदासम्म उत्खनन र संकलन गर्न मिल्दैन ।’
‘अवैध उत्खनन, संकलन भैरहेको सुचनाका घट्नास्थल पुग्दा नम्बर प्लेट समेत नभएका हेभि मेसिनरी उपकरणले प्रयोगगरी नदीजन्य पदार्थ उत्खनन गरिरहेको भेटेको र उनीहरुले संकलन सम्बन्धी कागजात दिन नसकेपछि नियन्त्रणमा लिएका हौं’ शसस्त्र प्रहरी वल आश्रित गुल्म गलेश्वरका शसस्त्र प्रहरी नायव उपरिक्षक हरी गुरुङ्ले भने, ‘नदीजन्य पदार्थ उत्खनन गर्न सम्झौता भएको भए, के कसरी, कति मात्रामा उत्खनन गर्ने हो, हामीलाई जानकारी आउनु पऱ्यो नि नत्र हाम्रो दायित्व अवैध काम रोक्नु नै हो । रोकेका छौं ।’ शसस्त्रका डिएसपी गुरुङले थपे, ‘नदीजन्य पदार्थ उत्खनन गरिरहेको देख्दा र कागजात फेला नपरेपछि नियन्त्रण नगरे ‘ब्यवसायीसंग मिलेमतो’ गरेको आरोप लाग्छ, नियन्त्रण गऱ्यो, नियामक निकायमा पठायो ‘दुख’ दिएको आरोप लाग्छ ।’
नदीजन्य पदार्थको ‘अवैध’ उत्खनन, भण्डारण र निकासी गरेको आरोपमा हेभी इक्युपमेन्ट नियन्त्रणमा परेको साहाना निर्माण सेवा कम्पनीले बेनपा, ६ ठूलोवगर भ्याट बाहेक दुई लाख २५ हजार र गलेश्वरमजुवा बगर भ्याट बाहेक ७ लाख १ हजारमा ठेक्का लिएको जनाएको छ ।
स्थानीय तह र सुरक्षा निकाय विच आपसी समन्वय नहुँदा ब्यवसायीले सास्ती पाएको गुनासा गरेका छन । एउटै ब्यवसायी र काममा दुई सुरक्षा निकायले दिन विराएर मेशिन नियन्त्रणमा लिने र काममा दुख दिएको ब्यवसायीले आरोप पनि लगाएका छन ।
‘हामीले बेनी नगरपालिकासँग सम्झौता गरी सर्त अनुसार नै नदीजन्य पदार्थ उत्खनन गरेका हौं । सरकारी निकायहरु विच समन्वय हुन नसक्नुको सँजाय हामी ब्यवसायीलाई किन ?’ साहना निर्मण सेवाका शिव घर्तीले सम्झौता पत्र र पालना गर्नु पर्ने सम्झौताका सर्त देखाउँदै भने, ‘किनाराका साना खेलुवा ढुङ्ेगा र ९० सेमीसम्म गहिरोगरी बालुवा झिक्न अनुमति छ । मैले उपकरण प्रयोग गरी नदीको धार नै परिवर्तन गराएको वा स्वरुप नै विगारेको छैन ।
सरोकारवाला निकाय बेनी नगरपालिकाले भने उक्त स्थानबाट गिटी वालुवा झिक्न ठेक्का भै प्रहरी समेत अन्य निकायलाई जानकारी पठाएका हौं’ बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले भने, ‘समन्वयको समस्या आएपछि प्रकृया अनुसार ब्यवसायीलाई काममा फर्काएका छौ ।’
इन्जिनियर कार्कीले भने, ‘गलेश्वर मझुवा बगरमा ढुङ्गा, गिटी, वालुवा झिक्न सम्बन्धमा बेनी नपा, रघुगंगा गापा र पर्वतको जलजला गापाका इन्जिनियरको तीन सदस्यीय समितिले तोकेको मात्रा र डिजाईनमा डोजर प्रयोग तोकिएको भोलुममा नदीजन्य पदार्थ झिक्ने तथा नदीको धार परिवर्तन गराउने सम्मको सम्झौता छ । तर ठूलो बगरमा मेशिन प्रयोग गर्ने कुरा छैन ।’