- Loading...
२३ फागुन देखि शिक्षक तथा प्राध्यापक, चालक तथा सहचालक कोरोनाबिरुद्धको खोप पाउने
- पुनहिल डट कम
- ३ साल अघि
- २७६ पटक पढिएको

कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन गरेको सरकारले आगामी २३ फागुन देखि देशभरका सबै शिक्षक र प्राध्यापकहरुलाई पनि दिने भएको छ । सोही दिन देखि यातायात क्षेत्रका मजदुर (चालक तथा सहचालक)ले पनि खोप पाउनेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २३ फागुन देखि खोप अभियान समुदायस्तरमा सञ्चालन गर्नेै र ५५ बर्ष माथिका सबैलाई खोप दिने योजना अघि सारेको छ ।
‘अहिले देशमा ५५ बर्ष माथिका व्यक्तिहरुको संख्या ३७ लाख बढी छ । यहि बेला नै हामीले सामुदायिक तथा निजी शिक्षण संस्थामा कार्यरत शिक्षक तथा प्राध्यापक, कर्मचारी तथा सहयोगीहरुलाई खोप दिने योजना गरिएको छ । यो संख्या करीब ४ लाख भएको अनुमान छ । यस्तै यातायात क्षेत्रमा क्रियाशिल मजदुरहरु चालक तथा सहचालकहरुलाई पनि त्यहि बेला नै खोप दिने योजना बनाइएको छ । यसको एकीन संख्या आइसकेको छैन्,’ स्वास्थ्य सेवा विभाग अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले भने ।
उनले सो अभियानका लागि भारतबाट आएको अनुदान र खरीदको गरी २५ लाख डोज र चीनबाट आउन लागेको ५ लाख अनुदानको खोप गरी ३० लाख प्रयोगमा आउने र त्यसबीचमा आइपुग्ने गरी थप खोपका लागि खरीद प्रक्रिया अघि बढाउने तयारीमा सरकार रहेको जानकारी दिए । डा गौतमले २३ फागुन देखिको अभियान समुदायस्तरमै सञ्चालन गर्ने समेत बताए ।
पहिलो चरणमा खोप लगाएकाहरुको दोस्रो मात्रा बैशाखको दोस्रो हप्तामा
यसैबीच बिभागले गत १४ माघ देखि खोप लगाएकाहरुको दोस्रो मात्रा आगामी बैशाखको ७ देखि १५ सम्ममा सुरु योजना बनाएको छ । पहिलो र दोस्रो मात्राको अन्तर ८ देखि १२ हप्ताबीच पार्ने योजना गरेको मन्त्रालयले दोस्रो मात्रा बैशाखको दोस्रो साताबाट सुरु गर्ने योजना बनाएको डा गौतमले जानकारी दिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
