- Loading...
सेती पहिरोको बगर नदीजन्य बस्तुको अवैध उत्खनन् गर्ने प्रहरीले नियन्त्रणमा
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको

म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित सेती पहिरो छेउको बगर उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्ने साधनलाई नदीजन्य पदार्थसहित कालीगण्डकी नदी किनाराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
वुधवार विहान प्रहरी घट्नास्थल पुगेर नदीको अवैध उत्खनन गरेको भन्दै प्रयोग भएको उपकरण नियन्त्रणमा लिएको थियो ।
गर्न थालेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित हेभी इक्युभमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा कटानको जोखिमका साथै जैबिक बिबिधतामा असर परेको छ ।
बेनी– जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडक अन्तरगत बेनी नगरपालिकाको वडा न. ६ मा पर्ने सेती पहिरो छेउको बगर केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भैरहेको छ थियो ।
अब्यवस्थित रुपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन् गर्दा नदी गहिरिने, माछा लगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयबासीले गुनासो गरेका छन् ।
जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बगरमा उत्खनन् र निकासीका ठेक्का लिएको छ । नदीजन्य बस्तु उत्खनन्मा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बेनी नगरपालिकाले जनाएको छ ।
तस्वीर सौजन्य : कमल खत्री

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
