- Loading...
नयाँ सरकारको अंकगणित ?
- पुनहिल डट कम
- ३ साल अघि
- २७३ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम अब के होला भनेर सबैको ध्यान खिचेको छ । मंगलबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले अबको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिइसकेको छ ।
अब संसद पुनस्र्थापना भएपछि सरकारका प्रधानमन्त्रीले राजीनामा देलान् या नदिए अविश्वासको मत ल्याएर हटाउलान् । यो एउटा पाटो हो । तर नेकपा वैधानिक रुपमा नफुटेसम्म कानुनी हिसाबले यो नेकपाको अत्यधिक बहुमतको सरकार हो । केपी शर्मा ओली नेकपाको संसदीय दलका नेता हुन् । संसदीय दलका नेता नै प्रधानमन्त्री हुने दलको विधान छ । प्रधानमन्त्रीको राजीनामा आउँदैन भनेर प्रेस सल्लाहकार सूर्य थापाले मिडियासँग भनिसकेका छन् । अब पो खेल शुरु भयो भन्ने अोलीपक्षीय नेताहरु पनि छन् ।
राजनीतिक खेल भएमा धरै विकल्पहरु पनि नभएका हैनन् । तर सोझो हिसाबले सरकार गठन हुने अवस्था आएमा कुन कुन दलले कसरी सरकार बनाउलान् भन्ने विषयको अंकगणित प्रस्तुत गरिएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिएमा मात्र अर्को प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु हुनेछ । ओली नेतृत्वको पार्टी नेकपाले नै संसदीय दलको बैठक बोलाएर र ओलीलाई दलको नेताबाट हटाउने प्रक्रियाको सुरुवात गर्न पनि सक्छ । तर अहिलेकै अवस्थामा कानुनतः नेकपा विभाजित हुन मिल्दैन भनेर यसअघिनै निर्वाचन आयोगले भनिसकेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिले पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्को दल गठन हुन सक्ने छैन भन्ने उल्लेख भएका कारण नेकपा कानुनी रूपमा विभाजित हुन समस्या भएको हो ।
यसअघि नै निर्वाचन आयोगको निर्णयले पुष्पकमल दाहाल र माधव नेपाल समूहले केपी ओलीलाई कारबाही गरेको, महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट हटाएको र माधव नेपाललाई अध्यक्ष बनाएको निर्णयलाई मान्यता दिएन । त्यसैगरी ओली समूहले विस्तार गरेको केन्द्रीय समितिले पनि मान्यता पाएन ।
यसर्थ २०७५ साल जेठ ०३ गते एमाले र माओवादी बीच भएको एकताबाट बनेको नेकपा २०८० साल नभइ फुट्न मिल्दैन । साथै दल विभाजनका लागि पार्टीको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सांसद हुनैपर्ने प्रावधान छ । अब यी प्रावधानले कठिन भएमा प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत त्यसलाई संशोधन गर्ने विकल्प भने खुल्लै छ ।
अहिले ओलीसँग संसदीय दलमा करिब ४७ प्रतिशत सांसद छन् । तर केन्द्रीय कमिटीमा ओलीकोे पक्षमा ४० प्रतिशत संख्या छैन । संसद विघटनको निर्णय भएको दिनको कुरा गर्दा १ सय ७४ नेकपाका सांसदमा दाहाल नेपाल पक्षमा ९१ जना छन भने ओली पक्षमा ८१ र बामदेव गौतमको पक्षमा २ जना रहेका छन् । ८१ जना सांसदले ओलीलाई फेरि नेकपाको संसदीय दलको नेता बनाउन पुग्दैन । नेकपाको संसदीय दलभित्रको यो खेलको टुंगो लागेपछि अविश्वासको प्रस्ताव पेश हुन्छ ।
त्यो अवस्थामा नेकपा नफुटी कानुनी रुपमा नयाँ सरकार कसरी बन्ला ? एउटै पार्टी सरकार र प्रतिपक्षमा कसरी सम्भव होला ? त्यसैले नफुटी मिल्दैन । अन्य खेल नभएमा र पार्टी फुटेमा नेकपा (दाहाल–नेपाल) समूह र कांग्रेस मिलेर सरकार बनाउन सक्छ । जसमा जसपा पनि मिसिएर दुइ तिहाइको बलियो सरकार बनाउन सक्छ ।
नेकपाको यो समूहमा ९१ सांसदको हिसाब सहित कांग्रेसका ६३ र जसपाका ३४ सांसद गरी १ सय ८८ जना पुग्छन् । नेकपा विधिवत विभाजित भएमा ओली खेमा र कांग्रेस मिलेर पनि सरकार बनाउन सक्ने संख्या हुन्छ । ओली खेमाको ८१ सांसद र काग्रेसको ६३ गरेर १ सय ४४ जना हुन्छन् जसले सरकार बनाउन सक्छ । तर विभाजित नेकपा र जसपा मिल्दा सरकार बन्नै सक्दैन । यसर्थ नेकपा फुटेमा काग्रेस बिनाको सरकारको परिकल्पना गर्न सकिदैन । प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।
नेकपा फुट्दैन । केपी ओलीले प्रधानमन्त्री त्यागेर नेकपा भित्रकै कसैलाई समर्थन गर्नेछन् । अझ संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रधानमन्त्रीमा ओली आफैले प्रस्ताव गरेर माधव प्रचण्ड समूहलाई सहमतिमा ल्याउने प्रयास गर्नेछन् । जवाफमा नेपाल दाहाल पक्षले नेपाललाई प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष मानेर ओलीलाई सम्मानजनक रुपमा बहिर्गमन हुन सुझाउनेछन् । राष्ट्रपतिलाई जोगाउनको लागि ओलीले अलि झुकेर पछि हट्न सक्ने सम्भावना रहन्छ । जसका कारण न त अविश्वासको प्रस्ताव न त राष्ट्रपतिलाई महाअभियोग । दुवै नगर्ने शर्तमा पार्टी फेरि मिल्न सक्छ ।
- ओलीले पार्टीको आधिकारिकता आफूमा आउने निश्चित भएमा सूर्य चिन्ह प्राप्त गर्ने परिस्थित आएमा अध्यादेश ल्याएर पार्टी फुटाउन सजिलो हुने नियम ल्याउनेछन् ।
- प्रधानमन्त्रीसँग अब ४३ दिन छ । सर्वोच्च अदालतको फैसला अनुसार १३ दिनभित्र संसद बोलाउने र सो संसद बैठकमा अविश्वासको प्रस्ताव आएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । १३ र ३० गरेर ४३ दिन हुन्छ । राजनीतिमा ४३ दिन भनेको अत्यधिक समय हो । यो बीचमा धेरै राजनीतिक उतारचढाव आउनेछन् ।
- अन्तर्राष्ट्रिय प्रभाव र एमसीसी पारित गराउने मामिलाले पनि राजनीतिक कोर्स बदलिन सक्छ । जसका कारण पनि देश र पार्टी भित्र नमिलेका नेताहरु पनि अन्तर्राष्ट्रिय दवाव र एमसीसीले एकैठाउँमा ल्याउन सक्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
