FLASH NEWS
  • Loading...

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्रीको चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २८४ पटक पढिएको
प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्रीको चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।

प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछिको परिस्थितिको अवस्था बुझ्न प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले नेपाली नेताका प्रधानसेनापति, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग छलफल गरेका हुन्। साँझ चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।