- Loading...
म्याग्दी क्याम्पस भर्ना हुन प्रवेश परिक्षा उत्तिर्ण हुनु पर्ने
- पुनहिल डट कम
- ४ साल अघि
- ३८१ पटक पढिएको

जिल्लामा उच्च शिक्षा दिने पुरानो शैक्षिक धरोहर म्याग्दी क्याम्पसमा स्नातक तहमा भर्ना हुन प्रवेश परिक्षा उत्तिर्ण गर्नु पर्ने भएको छ ।
अन्र्तराष्ट्रिय शैक्षिक मापदण्ड अनुसारको गुणस्तर सुनिश्चितता प्रत्यायोजन (क्यूएए) मान्यता प्राप्त गरेको म्याग्दी क्याम्पसले आफ्नो गुणस्तर कायम राख्न स्नातक तहमा प्रवेश परिक्षा प्रणाली सुरु गरेको जनाएको छ ।
‘क्याम्पस प्रवेशकै चरणमा विद्यार्थीको ल्याकत हेर्न, विषय छनौटमा प्रश्ट पार्न र विद्यार्थीमा ड्रपआउट रोकी अध्ययनलाई नियमित गर्न प्रवेश परिक्षा आवश्यक परेको हो’ म्याग्दी क्याम्पस प्रमुख गोरखबहादुर जिसीले भने, ‘अव म्याग्दी क्याम्पस भर्ना हुन न्युनतम २.१ जिपिए ल्याएको हुनु पर्ने छ ।’
त्यसैगरी क्याम्पसले स्नातक तहमा खुल्ला विषयहरु ब्यवस्थापन तर्फ विविए, मानविकी तर्फ विएसडब्लु र शिक्षा शास्त्र संकाय तर्फ विआईसिटिइ थप गर्न त्रिवीमा सम्बन्धन लिन लागेको बताएको छ । त्यसकालागी कम्प्युटर ल्याव समेतको पूर्वाधार तयारी अवस्थामा राखिएको क्याम्पस प्रशासनले दावी गरेको छ ।
सामुदायीक प्रयासमा संञ्चालित अघि ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अन्र्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसले स्नातकमा मानविकी, ब्यवस्थापन र शिक्षा संकाय तथा स्नाकोत्तर तहमा एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा पढाई गर्दै आएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
