Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नक्कली बाबु बनी नाबालक परिचय पत्र बनाउन खोज्दा पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २९१ पटक पढिएको
नक्कली बाबु बनी नाबालक परिचय पत्र बनाउन खोज्दा पक्राउ

आफन्तको छोरीलाई आफ्नो छोरी भएको झुटा विवरण पेश गरी नावालक परिचय पत्र बनाउन खोजेको आरोपमा प्रहरीले धवलागिरी गाउँपालिका, ३ मुनाका रेशमबहादुर भण्डारीलाई पक्राउ परेका छन ।

रेशम भण्डारीलाई नियन्त्रण्मा लिएर उनले पेश गरेका कागजातमाथी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दिपक भण्डारीकी १५ बर्षिया छोरी दिवाको नावालक परिचय पत्र बनाउन भण्डारीले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा नक्कली बाबु बनी आएका थिए । भण्डारीले पेश गरेका जन्मदर्ता समेत कागजपत्रमा शंकालागी बालिकालाई बाबुको नाम सोध्दा बाबुको नाम फरक भनेपछि नक्कली काम भैरहेको पत्ता लागेको थियो ।
आफन्त पर्ने बालिकालाई जापान लैजाने प्रयोजनकालागी नक्कली बाबु बनेको आरोपितले स्वीकार गरेको प्रशासनले जनाएको छ । १६ बर्ष उमेर मुनीका ब्यक्ति विदेश जाँदा नावालक परिचय पत्र आवश्यक पर्छ ।
‘फाँटवालालाई पेश भएका कागजपत्रमा शंकालागी बालिकालाई सोध्दा बाबुको नाम अर्कै भनेपछि नक्कली बाबु बनि नावालक परिचय पत्र माग्न आएको खुलेको हो’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘तत्काल सोधपुछ गर्दा बाबु भै आएका भण्डारीले पनि आफन्त बालिकालाई जापान लैजान नावालिक परिचय पत्र बनाउन लागेको स्वीकार गरेका थिए । कागजातको थप अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको छ ।’