FLASH NEWS
  • Loading...

ज्योतिष बिज्ञानका आँखामा नेपालको आउँदा दिन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २७५ पटक पढिएको
ज्योतिष बिज्ञानका आँखामा नेपालको आउँदा दिन

फागुन १२ गतेदेखि मंगल ग्रह वृषरासीमा कृतिका नक्षत्रको चौथो चरणमा प्रवेश गर्नेछ । जहाँ रोयणी नक्षत्र उसै पनि राहुबाट पीडित छ । अङ्गारक योग घटित हुनु भनेको आतंककारी घटनाहरू, आगलागीहरू लगायतका दुष्कर्ममा बृद्धि हुनेछ । करिब १३ अप्रिल २०२१ सम्म अङ्गारक योगले देशमा निकै ठूलो दुर्घटनाहरू हुन सक्छन् ।

महँगी दिनप्रतिदिन बढ्ने सरकारसँग जनताहरू आक्रोशित हुँदै जाने, बिद्रोहको भाव जनमानसमा पर्न जाने र खासगरि बामपन्थीहरूलाई समाप्तिको दिशातिर उन्मूख गराउनेछ । किनकि न्यायाधीश शनिसँग गुरूको युति हुनाले न्यायालय बलियो भएको अवस्थामा उसको आदेश नमान्ने भए पछि र हतियारधारीहरू देखिने अवस्थामा सुरक्षा बलसँगको भिडन्त देखिन्छ ।

नेपाल ८ रासी भएको र स्वामी मंगल ६ भावमा पर्नुले पूर्व दक्षिण छिमेकीहरूको रवैया आतंक घोल्ने नै हुनेछ । सुरक्षाभाव पीडित भएकोले सेनालाई कष्टकर गतिविधि नियन्त्रणमा दुःखद क्षणहरू आउने सम्भावना प्रबल छ । १३ अप्रिलबाट मिथुनमा सर्ने मंगल अरू उग्र हुने भएकोले सैनिक शासनको ९९ प्रतिशत सम्भावना रहनेछ । जेठबाट उता गुरु र शनिको बक्रत्वले हराएको धर्म भने स्थापना हुन सक्नेछ ।

निकै जटिल मोडमा अब १२ फागुनमा देश प्रवेश गर्नेछ । यद्यपि यो अवस्था जेठबाट सुध्रनु पर्छ भन्ने ग्रहको गोचरले देखाइ रहेकोछ ।

विश्वमा भूकम्पको र युद्धको सम्भावना प्रबल देखिन्छ । भारत र चीनको युद्धको सम्भावना, इरान र इजरायलका बीच युद्ध, अमेरिकामा गृहयुद्धका सम्भावनाहरू पनि कालपुरुषको कुण्डली र संहिता ज्योतिषले देखाइरहेको छ ।

ग्रहरूको युद्धको अवस्थामा पृथ्वी नजिकैबाट उल्काहरू दौडने अनेक दैबीबिपत्ति सामना गर्नुपर्ने हुनेछ । हवाई दुर्घटना, मध्यपहाडी भेगहरूमा आगलागी अङ्गारक योगको प्रभावले तराईमा गर्मी अति भएर लु को भय रहने ।

उच्चभेगमा हिमपात, हिम पहिरो र ठूला तालहरू फुट्ने सम्भावना समेत देखिन्छ । ठूला दलहरू मरिच बन्दै जाने गुटगुटमा र युवाहरूले गठन गरेका दलहरू ठूलो बन्ने खासगरी ग्रहहरूको अवस्थाले आगामी समय युवाहरूको हो भन्ने देखाइरहेछ । ६० वर्ष पार गरेका नेतालाई गाउँ पस्न भय हुने, पुराना लखेटिने योगहरू घटित भइरहेको अवस्था छ । जतिजति अघि बढिन्छ आगामी सन् २०२२ को अप्रिलसम्मको अवस्था जटिल र उप्रान्त देशले एउटा पथ निर्माण गर्नेछ । त्योभन्दा उता मजदुर, गरीब किसानका दिनहरू आउनेछ । जाली झेली र भ्रष्टाचारीहरूकालागि थप जेल बनाउन पर्ने अवस्था छ । सरल पत्रिकाबाट