FLASH NEWS
  • Loading...

मुख्यमन्त्री कप म्याग्दीलाई महिलातर्फको उपाधि

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६८ पटक पढिएको
मुख्यमन्त्री कप म्याग्दीलाई महिलातर्फको उपाधि

म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पर्वतलाई ३-० को सोझो सेटमा पराजित गर्दै म्याग्दी च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा म्याग्दीले पर्वतमाथि २५-१४, २५-१४ र २५-१७ को सोझो सेटमा जित निकाल्यो । उपाधिसँगै म्याग्दीले २ लाख प्राप्त गरेको छ । उपविजेता पर्वतले १ लाख प्राप्त गर्यो ।

तेस्रो भएको तनहुँले ५० हजार प्राप्त गरेको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा तनहुँले कास्कीलाई २५-१६, २२-२५, २५-१४ र ३०-२८ ले पराजित गरेको थियो ।