FLASH NEWS
  • Loading...

मुख्यमन्त्री कप प्रतियोगितामा अरुणा सर्वोत्कृष्ट घोषित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२१ पटक पढिएको
मुख्यमन्त्री कप प्रतियोगितामा अरुणा सर्वोत्कृष्ट घोषित

मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा अरुणा शाही सर्वोत्कृष्ट खेलाडी खेलाडी घोषित भएका छन् । पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा र पुरुषतर्फ तनहुँका मिलन सर्वोत्कृष्ट घोषित भएका हुन् ।

आफ्नो टिमलाई प्रतियोगिताको उपाधि दिलाउन दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँले उपाधि उचालेको थियो ।

महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी बबिसरा राना उत्कृष्ट सेटर, कास्कीकी अंशु थापा उत्कृष्ट लिब्रो र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक चुनिए ।

पुरुषतर्फ तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्गजाका महेन्द्र श्रेष्ठ उत्कृष्ट ब्लकर, स्याङ्गजाका बिबस थापा उत्कृष्ट सर्भर, तनहुँका बिबस आले उत्कृष्ट सेटर, स्याङ्गजाका राजन दर्लामी मगर उत्कृष्ट लिब्रो र तनहुँका पदम सुनार उत्कृष्ट प्रशिक्षक चुनिए ।

सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५/५ हजार प्राप्त गरे ।