FLASH NEWS
  • Loading...

मालिकाको प्रर्वद्धन गर्दै लायन्स क्लव अफ बेनी पीससिटी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४३ पटक पढिएको
Post Thumbnail

जिल्लाका विभिन्न पर्यटकीय गन्तब्यको प्रर्वद्धनमा जुट्दै आएको लायन्स क्लव अफ बेनी पीससिटीले यस पटक धार्मिक पर्यटकीय गन्तब्य मालिकाको प्रर्वद्धन गर्न हाईकिङ गरेको छ । संञ्चारकर्मीहरु समेत सहभागी हाईकिङ टिमले दुई दिने मालिका धुरी यात्रागरी फर्केको छ ।
यस अघि पीससिटीले मंगला गाउँपालिकाको झाँक्रिपानी, रघुगंगाको झिं, टोड्के, बेनी नगरपालिका, ३ भकिम्लीको स्वर्गद्धारी जस्ता पर्यटकीय गन्तब्यको प्रर्वद्धन गर्न हाईकिङ समेतका कार्यक्रम आयोजना गरेको थियो ।
मालिका गाउँपालिका, ७ विमको सिरानमा अवस्थ्ति विम, दुखु र पाखापानीको सिर जोडिएको ३१६९ मिटर अग्लो डाँडाको टुप्पो नै मालिका धुरी हो । मालिकाधुरी हिन्दु धार्मिक गन्तब्य बाहेक उच्च स्थानमा रहेको गन्तब्य भएकोले प्राकृतिक दृष्यावलोकनकालागी प्रख्यात छ ।


‘लायन्स क्लव अफ बेनी पीससिटी जिल्लको पर्यटकीय स्थलको प्रर्वद्धन गराउन स्थापनाकालदेखी सक्रिय छ । यस पटक हामी मालिका धार्मिक गन्तब्यको प्रर्वद्धन गर्न संञ्चारकर्मीसमेतको टोली हाईकिङमा निक्लेका हौं’ पिससिटीका अध्यक्ष खमबहादुर थापा मगरले भने, ‘अर्को पटक अर्को डिस्टिनेसनको प्रर्वद्धनमा जुटिने छ ।’
यहाँबाट जिल्लाको अधिकाँश भाग र बाग्लुङ्गका केही क्षेत्रसम्म हेर्न सकिन्छ । जेष्ठी पूर्णिमाको दिनमा यस मालिका धुरीमा रहेको मन्दीरमा धार्मिक मेला लाग्छ । प्राकृतिक दृश्यावलोकनकालागी उपयुक्त स्थल भएपनि मालिकाधुरीमा पुग्ने सूविधायुक्त पदमार्ग, खानेपानी, टि–हाउस, रेष्टुरेन्ट, आवास समेतका अत्यावश्यक पूर्वाधारको अभाव छ ।