- Loading...
सेल्फी र टिकटक खिच्न रत्नेचौर
- पुनहिल डट कम
- ४ साल अघि
- ४५८ पटक पढिएको

बेनी नगरपालिका, १ रत्नेचौरमा हालै कालोपत्रे गरिएको सडकमा सेल्फी र टिकटक बनाउन जिल्लभरीका युवायुवती र वैंसालु जोडीको भीड लाग्न थालेको छ ।
उत्तरपट्टी टल्कने धौलागिरी हिमश्रृखलाको काखमा कहिले पहेंलपुर धानवाली त कहिले पहेंलै तोरी झुल्दा/फुल्दा देखिने रत्नेचौरको फाँट चिरेर बनेको कालोपत्रे सडकको मनमोहक दृष्य जिल्लमा अन्यत्र नपाईने भएकोले सदरमुकाम समेत जिल्लाका अन्य क्षेत्रबाट युवायुवतीहरु रत्नेचौर पुग्ने गरेका हुन ।
‘वाउ ∕ हाउ मच ब्युटिफुल’ पृष्ठभुमीमा धौलागिरी हिमाल, दायाँवायाँ पहेंलपुर तोरीवारी चिरेर बनेको कालो पीच सडकमा सेल्फि खिच्दै गरेकी मुना रोकाले भनिन, ‘सँधै बेनीको खाल्डोमा बसेको छेवैमा यति सुन्दर ठाउँ रहेछ ।’ छेउमै साथीहरुको टिकटक भिडियो खिच्दै गरेका तन्नेरी अनुप बानियाँले थपे, ‘क्यार्नु, हाम्रालागी पीच सडकमा फोटो खिच्न पनि रत्नेचौर आउनु पर्ने भो । धन्य, फाँट र हिमालदेखिन्छ ।’
मुना, अनुप जस्ता तन्नेरी पुस्ता मात्र होईन, फेसवुक र टिकटकमा भिडियो अपलोड गर्न रुचाउनेहरु दैनिक कम्तीमा ५०–६० जनाबढी रत्नेचौर पुग्ने गर्छन । अंग्रेजी अक्षर ‘भि’ आकारको रत्नेचौरमा जस्तो चिल्लो कालोपत्रे सडक, फराकिलो फाँट र हिमालसँग बनेपछि सेल्फि र टिकटक खिच्न आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको छ ।
‘धानपाक्ने र तोरीफुल्ने सिजन अनुसार बेनी–बाग्लुङ सडकममा ओहोर–दोहोर गर्नेहरु पहिला पनि फाट्टफुट्ट रत्नेचौरको फाँट छिरेर फोटो, भिडियो खिच्ने गर्थे तर सडक कालोपत्रे गरेपछि दिनमा सयौं युवायुवती जोडी बाँधिएर र एक्लाएक्लै पनि आउँछन, सडकमा उभिएर सेल्फि र टिकटक खिच्छन’ स्थानीय सुजन थापाले भने, ‘रत्नेचौरमा तन्नेरी पुस्ताको आर्कषण देखेपछि लाखौं खर्चेर रेष्टुरेन्ट खुल्न थालेका छन ।’
पृष्ठभुमीमा रत्नेचौरको फाँटमा लहलह झुलेको अन्नवाली, कालोपत्रे सडक र हिमाल देखिनेगरी तस्वीर र भिडियो खिच्न युवायुवतीको भीड बढेसँगै तन्नेरी पुस्ता लक्षितगरी ‘सेप्रेड रुम सहितका रोड वे रेष्टुरेन्ट खुल्न थालेका छन । ‘रत्नेचौरको तल्लो डिलमा खुलेको चिता रेष्टुरेन्ट एउटा उदाहरण हो ।
बेनी नगरपालिका, १ मा पर्ने रत्नेचौर बेनीबाट १० किलोमिटर दक्षिण र बाग्लुङबजारबाट ७ किलोमिटर उत्तर बेनी–बाग्लुङ्ग खण्डमा पर्छ । स्थानीयका अनुसार रत्नेचौरमा फोटो खिच्न प्राय: युवा पुस्ता मोटरसाईकल, स्कुटरमा चढेर पुग्छन । फाट्टफुट्ट निजी गाडीमा पनि आउँछन ।
‘पीच सडक खोज्न रत्नेचौर आउनु पर्ने हाम्रो बाध्यता हो । त्यसमा यहाँको फाँटमा सिजन अनुसारको खेतीको पृष्ठभुमीमा धौलागिरी हिमालको दृष्य राम्रो देखिने भएकोले सवै रत्नेचौर आउँछन’ म्युजिक भिडियो निर्माता भुपेन बानियाँले भने, ‘छ्याङ्गै आकाश खुलेर हिमाल हाँसेको दिन पहेंलपुर धान पाकेको र पहेंलै तोरी फुलेको वेला रत्नेचौरमा खिचेको फोटो/भिडियो साँच्चै मनमोहक देखिन्छ । मैले दर्जनबढी म्युजिक भिडियो यही रत्नेचौरमा छायाँङ्कन गरेको छु ।’
समुद्र सतहदेखी ७ सय ९२ मिटर उचाईमा अवस्थित रत्नेचौर जिल्लाको सवैभन्दा तल्लो क्षेत्रको वस्ती हो । बेनी नगरपालिका, १ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलका अनुसार करिव २ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रत्नेचौरको फाँट नै जिल्लाको सवैभन्दा ठुलो र समथर हो । धान, मकै, गहुँ समेतका अन्नवाली राम्रो उत्पादन हुने भएकोले रत्नेचौरुलाई रत्नेचौरलाई अन्नभण्डार पनि भनिन्छ ।
जिल्लामा ८ सय ्५० किलोमिटर सडक निर्माण भएपनि सदरमुकाम बेनीको करिव ३ किलोमिटर बाहेक जिल्लामा कालोपत्रे सडक यहीं रत्नेचौरमा मात्र छ । रत्नेचौरमा चालु आर्थिक बर्षदेखी २ किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । रत्नेचौरको मुल फाँट छलेर निर्मित बेनी–बाग्लुङ सडकको दुई किमी सडक पीच भएको छ ।
जिल्लामा बेनी–जोमसोम (७६ किमी), बेनी–दरवाङ (२४ किमी), बेनी–बगरफाँट–सुर्केमेला (८ किमी), बेनी–अर्थुङ्गे–पाखापानी (१२ किमी), गलेश्वर–भगवती–बेग (८ किमी) र पोखरेवगर–चित्रे सडक (१८ किमी) सडक कालोपत्रे गर्न ठेक्का लागेको भएपनि ठेकदारले समयमै काम नगर्दा सडक कालोपत्रे सुरु हुन सकेको छैन ।
रत्नेचौर बाहेक जिल्लामा अन्यत्र रातोमाटो पनि पाईदैन । त्यसैले म्याग्दी र पर्वतको जललजा गाउँपालिका क्षेत्रका गृहणीहरु परम्परादेखी नै दशैंमा घर रङ्गाउने रातोमाटो लिन रत्नेचौर पुग्छन । रत्नेचौर वरपरका वस्तीबाट भने दैनिक घरको दैलो पोत्ने रातोमाटो लिन आउने गर्थे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
