- Loading...
सरकारले २० लाख डोज खोप खरिद
- पुनहिल डट कम
- ४ साल अघि
- ४४९ पटक पढिएको

सरकारले स्वास्थ्य सेवा विभागलाई भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया कम्पनीसँग सिधै २० लाख डोज कोरोना खोप खरिद गर्न अनुमति दिएको छ।
यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सिरमसँग एक पटकका लागि सिधै कोरोना खोप गरिद गर्ने अनुमति विभागलाई दिएको हो।
“मन्त्रिपरिषद्को बैठकले भारतबाट सिधै २० लाख डोज कोरोना खोप खरिद गर्ने अनुमति स्वास्थ्य सेवा विभागलाई दिएको छ,” आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भने, “मूल्य निर्धारण विभागले गर्नेछ।”
भारत सरकारले यसअघि सिरमले विकास गरेको कोरोना खोप ‘कोभिसिल्ड’ को १० लाख डोज नेपाललाई अनुदान सहयोगस्वरूप उपलब्ध गराएको थियो। अहिले देशभर लगाइएको कोरोना खोप सिरमले विकास गरेको हो। उनले सबै नेपाली जनतालाई निशुल्क कोरोना खोप सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाए। सिधै खोप खरिदमा सार्वजनिक खरिद ऐन बाधक बने पनि बाधा अड्काउ फुकाऊ गरेर खोप खरिद गर्न लागिएको उनले जनकारी दिए।
“सार्वजनिक खरिद ऐनमा कार्यसम्पादन र अग्रिम पेस्की नराखी खरिद गर्न नसकिने व्यवस्था छ। तर, एक पटकको लागि सिधै खरिद गर्न सकिने गरी बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने र सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ,” उनले भने।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
