FLASH NEWS
  • Loading...

बालिकालाई यौनजन्य हिंसा गर्ने शिक्षक पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९३ पटक पढिएको
बालिकालाई यौनजन्य हिंसा गर्ने शिक्षक पक्राउ

मालिका गाउँपालिका, ६ दरवाङ वजारकी १० बर्षिया बालिकालाई यौनजन्य हिंसा गरेको आरोपमा सोही ठाउँमा कार्यरत ५५ बर्षिया शिक्षक पक्राउ परेका छन ।
भारतको दारजलिङ घर भै दरवाङको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएका ५५ बर्षिय प्रकाश लामाले गत माघ २४ गते बाटोमा खेल्दै गरेकी बालिकालाई आफ्नै डेराकोठामा बोलाएरे बालिकाको यौनाङ्ग औंलाले चलाई अनुचित यौनहिंसा गरेको आरोप लागेको हो ।
पीडितकी आमाले प्रहरी समक्ष वालिकालाई करणी सम्बन्धी कसुर गरेको अभियोगमा जाहेरी दरखास्त दिएपछि प्रहरीले माघ २८ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीले आरोपितलाई पक्राउ गरेपनि स्थानीय तहमा घट्नाका विषयमा ब्यवसायीक, धार्मिक तथा राजनिती जोडिएर विभिन्न आशंका उठेपछि घट्ना ढिलागरी सार्वजनिक भएको हो ।
प्रहरी कार्यालयका अनुसार चालु आर्थिक बर्षको पहिलो ७ महिनामा ७ वटा बलत्कार वा यौनजन्य हिंसाका घट्नामा जाहेरी दरखास्त दर्ता भएका छन । प्रहरी कार्यालयमा दर्ता भएका ७ वटा यौनजन्य अपराधका घट्नामध्य ५ वटा घट्नाका पीडित बालिका रहेका छन । प्रहरीका अनुसार सवै घट्नाका अभियुक्तहरु पक्राउ परेका छन । ७ मध्य ५ वटा घट्नाका मुद्धा अभियोजन भै जिल्ला अदालतले सवै जनालाई पूर्पक्षकालागी थुनामा पठाएको छ । २ वटा मुद्धामा अनुसन्धान भैरहेको छ ।
‘बालिकालाई करणी सम्बन्धी कसुरमा जाहेरी दरखास्त परेकोले भारत दारजलिङ घर भै हाल दरवाङमा शिक्षण गर्दै आएका एक ५५ बर्षिय पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं’ प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले भने, ‘चालु आवमा मात्र ७ थान करणीसम्बन्धी जाहेरी दर्ता भएकोमा ५ थान मुद्धा अदालतमा अभियोजन भै अभियुक्तहरु थुनामा रहेका छन । दुई थान मुद्धा अनुसन्धान क्रममै छन ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल