- Loading...
‘भागरथीलाई न्याय दे, हत्यारालाई फाँसी दे !’ भन्दै प्रदर्शनमा सहभागी जान्थे हत्या आरोपी
- पुनहिल डट कम
- ४ साल अघि
- २७८ पटक पढिएको

भागरथी भट्टको हत्या आरोपमा पक्राउका दिनेश भट्ट भागरथी नै अध्ययनरत स्थानीय सनातन धर्म मावि कक्षा ११ मा अध्ययनरत थिए । घटनापछि भागरथीको न्यायका लागि थालिएको विभिन्न आन्दोलनमा उनी पनि सहभागी थिए।
‘भागरथीलाई न्याय दे, हत्यारालाई फाँसी दे !’ भन्दै उनी दोगडाकेदार गाउँपालिकामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुँदै आएको प्रहरीले जनाएको छ। स्थानीयहले उनलाई सनातन माविका विद्यार्थी, शिक्षक कर्मचारी, स्थानीयबासिन्दाले भागरथीको न्यायका लागि आयोजना गर्ने गरिएको हरेक आन्दोलनमा उनको सहभागिता रहेको बताएका छन्।
प्रहरीका अनुसार उनले हत्या स्वीकार गरेका छन्। बदला लिनको लागी भीरबाट लडाएर हत्या गरेको उनले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। भागरथीको हत्यापछि पुरानो रिसिइबी देखिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले बताए। बढाएको थियो। परिवार र आफन्तले पनि उनीविरुद्ध आशंका गर्दै आएका थिए।
घटना भएकैदिनदेखि दिनेश डराएका थिए। भागरथीका काका शिवराजले भागिरथी बेपत्ता भएकैदिनदेखि उनी डराएको बताए। दिनेशको असामान्य गतिविधिका कारण प्रहरी र परिवार दुवैले निगरानी बढाएका थिए । समाजमा पनि नराम्रो पृष्ठभूमिका दिनेश र भागरथीको घर नजिकै छ। तर दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको शिवराजले बताए।
दिनहू जसो हुने आन्दोलन तथा विरोध प्रदर्शनमा उनी सहभागी हुँदैं आएको उनको भनाइ छ। विद्यालयबाट घर फर्किने क्रममा उनको हत्या भएको थियो। माघ २१ गते दिउँसो कलेजबाट घर फर्किएकी भागरथी अबेर राति पनि घर पुगेकी थिइनन्। त्यसपछि सोधीखोजी गर्ने क्रममा दोस्रो दिन जंगलमा शव फेला परेको थियो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
