- Loading...
भागरथी हत्या आरोपी दिनेश सार्वजनिक
- पुनहिल डट कम
- ४ साल अघि
- ३३९ पटक पढिएको

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका हत्या आरोपितलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। एक साताको अनुसन्धानपछि भट्टको हत्या आरोपमा उनकै छिमेकी दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिएको प्रहरीसमक्ष बयान दिएका छन्। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ।
गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १३ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका मृतकका दाइ केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारत गएका थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाको किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
