- Loading...
अमेरिकी राजदूतले भने- अमेरिकी सेना नेपाली सेनाभन्दा ३१ वर्षले कान्छो
- पुनहिल डट कम
- ४ साल अघि
- ३०५ पटक पढिएको

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाली सेनालाई एशियाकै पुरानो सेना भएको बताएका छन्। कुनै पनि विदेशी कुटनीतिज्ञले नेपाली सेनालाई यसको प्राचीन ऐतिहासिकतालाई उल्लेख गर्दै पहिचान दिएको यो पहिलो अवसर हो।
नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सेनाका अधिकृतहरुलाई सम्वोधन गर्दै उनले नेपाली सेनाको ऐतिहासिक पक्षबारे बोल्ने क्रममा यस्तो धारणा राखेका हुन्। अमेरिकाजस्तो शक्ति राष्ट्रले पहिलोपल्ट नेपाली सेनको ऐतिहासिकतबारे यस्तो टिप्पणी गर्दै नेपाली सेनाप्रति उच्च सम्मान प्रकट गरेको हो। ऐतिहासिक तथ्यहरुका अनुसार, अमेरिकी सेनाको इतिहास सन् १७७५ देखि शुरु हुन्छ भने नेपाली सेना सन् १७४४ देखियता लगातार अविछिन्नरुपमा कार्यरत रहेको छ। यस हिसावले अमेरिकी सेना नेपाली सेनाभन्दा ३१ वर्षले कान्छो छ।
‘नेपालमा मात्र होइन विश्वव्यापीरुपमा व्यवसायिक सेनका रुपमा परिचय दिन सफल भएको छ,’ उनले भने, राष्ट्रसंघीय शान्ति सेनाका रुपमा दशकौं खटेर अन्तर्राष्ट्रिय शान्ति कायम गर्न ठूलो योगदान दिएको छ।’ नेपाली सेना र यसको स्वदेशभित्रको भूमिका र विदेशमा शान्ति कायम गर्ने सन्दर्भमा खेलेको भूमिकाबारे अमेरिकाले यसरी पहिलोपल्ट खुलस्तरुपमा प्रसंसा गरेको हो।
राजदूत बेरीले नेपाललाई एउटा अनुपम देश भन्दै यस्तो देशको सेना हुन पाउनु त्यहाँ काम गर्नेहरुका लागि गर्वको विषय भन्दै स्टाफ कलेजमा अध्ययनरत सैनिक अधिकृतहरुको मनोबल बढाएका थिए। उनले नेपाली सेना विश्वकै एउटा साहसीमध्येको सेना भएको बताएका थिए। बोल्नेक्रममा उनले प्रकृतिको संरक्षण र बन्यजन्तुको संरक्षणमा नेपाली सेनाले खेलेको भूमिकाको पनि उनले मुक्त कण्ठले प्रसंसा गरेका थिए। — dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
