जेसीजको राष्ट्रिय युवा कार्यक्रम अध्यक्षमा खम थापा मगर चयन

५ फाल्गुन २०७७, बुधबार ११:४१ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

नेशनल युथ प्रोग्राम चेयरपर्शन (राष्ट्रिय युवा कार्यक्रम अध्यक्ष) मा म्याग्दी जेसीजका बर्ष २०१९ का अध्यक्ष खम थापा मगर चयन भएका छन । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले थापालाई उक्त पदमा मनोनीत गरेका हुन ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय जेसिजले हरेक बर्ष युवाहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु ल्याउने गरेको छ । यस बर्ष नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दी जेसिजका निवर्तमान अध्यक्ष सुजन बरुवाल निर्वाचित भएका थिए ।