- Loading...
मुख्यमन्त्री कप : म्याग्दी र पर्वत क्वाटरफाइनलमा
- पुनहिल डट कम
- ४ साल अघि
- ३९१ पटक पढिएको

फोटो : तेजेन्द्र बानियाँबाट
म्याग्दी र पर्वत जिल्ला मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा म्याग्दीले २–० को सोझो सेटमा नवलपुरलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
म्याग्दीले नवलपुरमाथि २५–५ र २५–१५ को सेटमा हराएको हो । जितसँगै समूह ‘ए’ को म्याग्दीले ३ अंक जोडेको छ । म्याग्दी समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको हो । नवलपुर पनि समूह उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ ।
यस समूहमा दुई टिम रहेको कारण दुबै टिम क्वाटरफाइनलमा पुगेका हुन् । यस्तै दोस्रो खेलमा पर्वतले स्याङ्जालाई २५–१४ र २५–६ को सोझो सेटमा पराजित गर्यो । जितपछि समूह ‘सी’ को पर्वतले ३ अंक जोडेको छ ।
पर्वत समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । यस समूहमा पनि २ टिम रहेको कारण स्याङ्जा पनि क्वाटरफाइनलमा पुगेको छ ।
महिलातर्फको अर्को खेलमा तनहुँ जिल्लाले लमजुङलाई २–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
तनहुँले लमजुङमाथि २५–१४ र २५–६ को सेटमा जित निकाल्यो । जितसँगै समूह ‘बी’ को तनहुँले ३ अंक जोड्यो । यस समूहबाट क्वाटरफाइनलमा पुग्ने टोलीको तय बुधबार हुनेछ । महिलातर्फ ९ जिल्लाको सहभागिता रहेको छ ।
पाँच दिन चल्ने प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
