FLASH NEWS
  • Loading...

मुख्यमन्त्री कप : म्याग्दी र पर्वत क्वाटरफाइनलमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८५ पटक पढिएको
मुख्यमन्त्री कप : म्याग्दी र पर्वत क्वाटरफाइनलमा

फोटो : तेजेन्द्र बानियाँबाट

म्याग्दी र पर्वत जिल्ला मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा म्याग्दीले २–० को सोझो सेटमा नवलपुरलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

म्याग्दीले नवलपुरमाथि २५–५ र २५–१५ को सेटमा हराएको हो । जितसँगै समूह ‘ए’ को म्याग्दीले ३ अंक जोडेको छ । म्याग्दी समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको हो । नवलपुर पनि समूह उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ ।

यस समूहमा दुई टिम रहेको कारण दुबै टिम क्वाटरफाइनलमा पुगेका हुन् । यस्तै दोस्रो खेलमा पर्वतले स्याङ्जालाई २५–१४ र २५–६ को सोझो सेटमा पराजित गर्यो । जितपछि समूह ‘सी’ को पर्वतले ३ अंक जोडेको छ ।

पर्वत समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । यस समूहमा पनि २ टिम रहेको कारण स्याङ्जा पनि क्वाटरफाइनलमा पुगेको छ ।

 

महिलातर्फको अर्को खेलमा तनहुँ जिल्लाले लमजुङलाई २–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

तनहुँले लमजुङमाथि २५–१४ र २५–६ को सेटमा जित निकाल्यो । जितसँगै समूह ‘बी’ को तनहुँले ३ अंक जोड्यो । यस समूहबाट क्वाटरफाइनलमा पुग्ने टोलीको तय बुधबार हुनेछ ।  महिलातर्फ ९ जिल्लाको सहभागिता रहेको छ ।

पाँच दिन चल्ने प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।