- Loading...
गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको तयारी पूरा
- पुनहिल डट कम
- ४ साल अघि
- ३६५ पटक पढिएको

‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’ को तयारी पूरा भएको छ ।
आयोजक कास्की जिल्ला भलिबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिता फागुन ४ देखि ८ सम्म हुनेछ । पाँच दिन चल्ने प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाको महिला तथा पुरुष टिमको सहभागिता हुनेछ ।
पाँच दिनसम्म चल्ने प्रतियोगिता हेर्न आउने दर्शकलाई निशुल्क मास्कको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । पर्यटकीय नगरी पोखरालाई भलिबलको हबको रुपमा बिस्तार गर्न प्रतियोगिता फलदायी बन्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।
उनले भलिबल खेलको प्रवद्र्धन गर्नुका साथै खेलमार्फत पर्यटन प्रवद्र्धन गर्न, उत्कृष्ट खेलाडीको पहिचान गरि नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गर्न तथा खेलाडीको स्तरवृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २/२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १/१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् । प्रतियोगिताको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले समुद्घाटन गर्ने कार्यक्रम छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
