FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको तयारी पूरा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९५ पटक पढिएको
गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको तयारी पूरा

‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’ को तयारी पूरा भएको छ ।

आयोजक कास्की जिल्ला भलिबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिता फागुन ४ देखि ८ सम्म हुनेछ । पाँच दिन चल्ने प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाको महिला तथा पुरुष टिमको सहभागिता हुनेछ ।

पाँच दिनसम्म चल्ने प्रतियोगिता हेर्न आउने दर्शकलाई निशुल्क मास्कको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । पर्यटकीय नगरी पोखरालाई भलिबलको हबको रुपमा बिस्तार गर्न प्रतियोगिता फलदायी बन्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

उनले भलिबल खेलको प्रवद्र्धन गर्नुका साथै खेलमार्फत पर्यटन प्रवद्र्धन गर्न, उत्कृष्ट खेलाडीको पहिचान गरि नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गर्न तथा खेलाडीको स्तरवृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २/२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १/१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् । प्रतियोगिताको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले समुद्घाटन गर्ने कार्यक्रम छ ।