FLASH NEWS
  • Loading...

घारको सामुदायिक वनमा भिषण डढेलो, नियन्त्रण बाहिर

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२२ पटक पढिएको
घारको सामुदायिक वनमा भिषण डढेलो, नियन्त्रण बाहिर

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ६ घारको सामुदायीक वनमा दुई दिनदेखी लागेको भिषण डढेलो नियन्त्रण बाहिर छ ।
शनिवार अन्नपूर्ण गापा, ७ घराम्दीको लामेला क्षेत्रबाट लागेको डढेलो आरुवोटबाट तलतल सर्दै महभीरबाट जेकेपानी, खोपको जंगलबाट गुर्काहाल्नेभी भीरबाट वायाचारहुँदै गौडाखर्कको जंगलतर्फ फैलिरहेको छ । हालसम्म सयौं हेक्टर संरक्षित वन नष्ट भएसँगै वन्य जन्तुको वासस्थान नष्ट भएको छ ।
नेपाली सेना समेत स्थानीय समुदायले शनिवारदेखी डढेलो नियन्त्रणमा खटिएका भएपनि प्रयास सफल नभएको स्थानीय मेख खड्काले बताए । लामो सयमदेखीको खडेरीले गर्दा एक्याप क्षेत्रको संरक्षित वनमा मंसिर अन्तीम सातादेखी लगातार डढेलो लाग्न थालेको छ ।
केही समय अघि एक्याप अन्र्तगतकै निलगिरी साउथ हिमालको पूर्वी फेदीमा रहेको संरक्षित राष्ट्रिय वनमा र पर्यटकीय गन्तब्य पुनहिल–घान्द्रुक क्षेत्रमा एक सातावढी भिषण डढेलो लागेको थियो ।
एक्यापको ब्यवस्थापन कमजोर र खुकुलो बन्दै गएसँगै एक्याप क्षेत्रमा चोरी शिकार बढ्नुको साथै वन डढेलो समेतका वन एवं वन्यजन्तु संरक्षणका काम प्रभावहीन वन्न थालेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल