FLASH NEWS
  • Loading...

दोस्रो प्राथमिकताका ब्यक्तिलाई कोरोना विरुद्धको भ्याक्सीन कोभिशिल्ड लगाउन सुरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४६४ पटक पढिएको
दोस्रो प्राथमिकताका ब्यक्तिलाई कोरोना विरुद्धको भ्याक्सीन कोभिशिल्ड लगाउन सुरु

कोरोना भाईरस संक्रमणो पहिलो जोखिम लाईनमा रहेका जोखिमको आँकलन अनुसार पत्रकार, प्रहरी, प्रशासन, अदालत, गाउँपालिका, नगरपालका, पूर्वाधार विकास र शिक्षा कार्यालयसमेत कर्मचारीहरुलाई आईतवारदेखी जिल्लाको एक मात्र खोप केन्द्र वेनी अस्पतालमा पहिलो चरणको दोस्रो लहर कोरोना विरुद्धको कोभिशिल्ड भ्याक्सीन लगाउन सुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यायका अनुसार जिल्लामा पहिलो प्राथमिकतामा पर्ने सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र जनप्रतिनिधी समेत ३ हजार डोज खोप आवश्यक पर्ने भएपनि जिल्लामा हाल जम्मा करिव ९ सय डोजमात्र उपलब्ध रहेकोले सोही संख्यामा मात्र खोप लगाईने भएको हो ।

‘जिल्लामा उपलब्ध भ्याक्सीनको संख्या र जोखिम क्षेत्रको आंकलनगरी प्राथमिकताको आधारमा खोप लगाईने छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘कर्मचारी छनौट गर्दा पनी बढी जनसम्पर्कमा रहने क्षेत्रलाई बढी प्राथमिकतामा राखेका छौं ।’

यस अघि पहिलो चरणको पहिलो लहरमा अग्रस्थानमा जुटेका स्वास्थ्यकर्मी, महिला स्वयं सेविका समेत ८ सय ९४ जनालाई कोरोना विरुद्धको खोप लगाईएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख एक नारायण लम्साललका अनुसार बेनी नगरपालिका, ९ गलेश्वर स्थित बृद्धाश्रममा रहेका ५६ जना बृद्धबृद्धा, कारागार कार्यालय बेनीमा रहेका १ सय १८ जना कैदीवन्दीलाई पनि पहिलो चरणको कोरोना विरुद्धको खोप लगाईएको छ । यस अघि भ्याक्सीन लगाईएका ब्यक्तिमा केही ज्वरो आउने, शरिर दुख्ने समेत सामान्यबाहेक ठूलो साईट इफेक्ट देखिएको थिएन ।
स्वास्थ्य कार्यालयका अनुसार लक्षित जनसंख्यामा समावेश ८६ जना गर्भवती र वच्चालाई स्तनपान गराई रहेका स्वास्थ्यकर्मी तथा महिला स्वयं सेविकालाई भने कोरोना विरुद्धको खोप लगाईएन । कोरोना विरुद्धको खोप लगाउन जिल्लाको सवै भन्दा दुर्गम धवलागिरी गाउँपालिका, १ गुर्जाबाट दुई दिन हिंडेरै स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरु सदरमुकाम आएका थिए ।
‘कोरोना महामारीको विच घर घर गएर सेवा दिनु पर्दा जोखिम थियो । कोरोना विरुद्धको खोप लगाएपछि सुरक्षित महशुस भएको छ’ धवलागिरी गापा, १ गुर्जाकी महिला स्वयं सेविका विष्णुमायाँ छन्त्यालले भनिन, ‘आजभोली पहिलो जस्तो कोरोना सचेतना छैन । कसैले पनि स्वास्थ्य साविधानी नअपनाउने हुँदा कोरोनाको त्रास पनि उच्च छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल