- Loading...
नेकपाको विभाजनको असर गाउँसम्मै
- पुनहिल डट कम
- ४ साल अघि
- ४८५ पटक पढिएको

नेकपा विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिएको छ । पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरू दुवैतिर बाँडिएका छन् । नेकपा (साविक एमाले र माओवादी केन्द्र) बाट निर्वाचित ३ सय ८८ पालिका प्रमुख र ४ सय ३८ उपप्रमुखको पक्षधरतालाई कान्तिपुरले विश्लेषण गरेको छ ।
यसले समग्रमा स्थानीय तहमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहभन्दा केपी शर्मा ओली समूहका पक्षमा उभिने प्रमुख र उपप्रमुख बढी देखाएको छ तर कतै खुलिनसकेका २४ प्रमुख र २७ उपप्रमुख जुन पक्षतिर लाग्छन्, त्यो समूह बलियो हुने सम्भावना छ ।
नेकपाका ३ सय ८८ पालिका प्रमुखमध्ये १ सय ८९ जना ओली समूहमा र १ सय ७४ जना दाहाल–नेपाल समूहमा देखिएका छन् । २४ जना पालिका प्रमुख कतै खुलेका छैनन् । एक जना पालिका प्रमुख पार्टी एकताका पक्षमा अभियान सुरु गरेका नेता वामदेव गौतमको समूहमा छन् ।
त्यस्तै, ४ सय ३८ स्थानीय तहमा रहेका नेकपाका उपप्रमुखमध्ये २ सय २० जना ओली समूहमा र १ सय ९० जना दाहाल–नेपाल समूहमा देखिएका छन् । २७ जना उपप्रमुख कतै खुलेका छैनन् भने एक जना उपप्रमुख गौतमका पक्षमा उभिएका छन् ।
स्थानीय निर्वाचनका बेला तत्कालीन एमालेमा अध्यक्ष ओली टिकट वितरणमा प्रभावी देखिएका थिए । त्यसैले निर्वाचित पालिका प्रमुख र उपप्रमुखमा ओलीको पल्ला भारी भएको हुन सक्छ ।
पालिका प्रमुख र उपप्रमुख दुवै नेकपाका भएका केही स्थानीय तहमा प्रमुख एउटा र उपप्रमुख अर्को पक्षमा विभाजित छन् । जस्तो कि पाँचथरको याङवरक गाउँपालिकाका प्रमुख र उपप्रमुख दुवै नेकपाका थिए । विभाजनपछि प्रमुख दाहाल–नेपाल पक्षमा उभिए भने उपप्रमुख ओली पक्षमा छन् ।
पार्टी विभाजनको असर स्थानीय तहमा देखिएको अर्को प्रतिनिधि उदाहरण नुवाकोट हो । उक्त जिल्लाको तारकेश्वर गाउँपालिकाका प्रमुख र उपप्रमुख दुवैमा तत्कालीन एमालेले जितेको थियो तर अहिले प्रमुख ओली र उपप्रमुख दाहाल–नेपाल पक्षमा विभाजित भए । अर्को त्यस्तै उदाहरण हो बझाङको जयपृथ्वी नगरपालिका । त्यहाँ तत्कालीन एमालेबाट निर्वाचित प्रमुख वीरेन्द्रबहादुर श्रेष्ठ दाहाल–नेपाल समूहमा लागे भने उपप्रमुख जुनाकुमारी जाग्री ओली पक्षमा छिन् । यस्तो उदाहरणले विभाजित राजनीतिको अनेकन प्रभाव स्थानीय तहको निर्णय प्रक्रियामा प्रत्यक्ष पर्ने देखाउँछ ।
प्रदेश १
यो प्रदेशका स्थानीय तहमा नेकपाका ७५ जना निर्वाचित प्रमुख छन् । तीमध्ये ६६ जना तत्कालीन एमालेबाट र ९ जना तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुन् । पार्टी विभाजन सुरु भएपछि उनीहरूमध्ये ४१ जना ओली समूहमा र ३१ जना दाहाल–नेपाल समूहमा देखिएका छन् ।
तत्कालीन एमालेबाट निर्वाचित ३ जना प्रमुखले कित्ता प्रस्ट पारेका छैनन् । यो प्रदेशका स्थानीय तहमा नेकपाका ९२ जना उपप्रमुख छन् । तीमध्ये ५९ जना ओली समूहमा उभिएका छन् भने २६ जना दाहाल–नेपाल समूहमा देखिन्छन् । ७ जना भने तटस्थ छन् ।
प्रदेश २
यो प्रदेशको स्थानीय तहमा नेकपाका निर्वाचित ४० जना प्रमुख छन् । यसमध्ये १६ जना ओली समूहमा लागेका छन् भने १९ जना दाहाल–नेपाल समूहमा । ५ जना स्थानीय तह प्रमुख भने कतै खुलिसकेका छैनन् । तीमध्ये तत्कालीन एमालेबाट निर्वाचित ४ जना र तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित १ जना छन् । त्यस्तै, नेकपाका निर्वाचित ४४ उपप्रमुखमध्ये १८ जना ओली र २२ जना दाहाल–नेपाल समूहमा लागेका छन् । ४ जना उपप्रमुख कतै खुलिसकेका छैनन् ।
स्थानीय तहका निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित भएकाहरू पछिल्लो विभाजनपछि एकअर्को समूहमा मिसिएका देखिन्छन् । तत्कालीन एमालेबाट निर्वाचित ३ पालिका प्रमुख अहिले दाहाल–नेपाल पक्षमा उभिएका छन् भने माओवादी केन्द्रबाट निर्वाचित ४ जना पालिका प्रमुख ओली समूहमा छन् । तत्कालीन एमालेबाट निर्वाचित २० पालिका उपप्रमुखमध्ये ३ जना तटस्थ छन् भने १० जना ओली समूहमा लागेका छन् । ७ पालिका उपप्रमुख दाहाल–नेपाल पक्षमा छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित ८ पालिका उपप्रमुख भने दाहाललाई छाडेर ओली समूहमा उभिन पुगेका छन् । यसरी उभिने उपप्रमुखमध्ये रौतहटका मात्रै ५ जना छन् ।
वाग्मती
यो प्रदेशमा नेकपाबाट निर्वाचित ८१ पालिका प्रमुखमध्ये ३६ जना ओली समूहमा, ३७ जना दाहाल–नेपाल समूहमा र १ जना गौतमको एकता अभियानका पक्षमा उभिएका छन् । तटस्थ बताउने ७ जना पालिका प्रमुख जुन समूहमा खुलेर लाग्छन्, वाग्मती प्रदेशमा उही समूह स्थानीय तहमा प्रभावी हुने देखिन्छ । यो प्रदेशमा नेकपाका ८५ जना पालिका उपप्रमुख छन्, जसमध्ये ३८ जना ओली समूहमा र ४४ जना दाहाल–नेपाल समूहमा र ३ जना नखुलेका देखिन्छन् ।
नेकपा एकताअघिको तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तह प्रमुख र उपप्रमुखलाई छुट्याएर हेर्दा विभाजन कसरी तल्लो तहमा परेको छ भन्ने प्रस्ट बुझिन्छ । यस प्रदेशमा तत्कालीन एमालेबाट निर्वाचित ६४ पालिका प्रमुखमध्ये ३६ जना ओली समूहमा खुलेका छन् । ८ जना तटस्थ र अन्य २० जना दाहाल–नेपाल पक्षमा लागेका छन् ।
एमालेबाट निर्वाचित ६९ उपप्रमुखमध्ये ३८ जना ओली पक्षमा र २७ दाहाल–नेपाल पक्षमा छन् । ३ जना तटस्थ छन् भने एक पद रिक्त छ । तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि विभाजित भए पनि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुख एक ढिक्का देखिन्छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित १७ पालिका प्रमुख र १७ उपप्रमुख सबै दाहाल–नेपाल पक्षमा खुलेका हुन् ।
गण्डकी
गण्डकी प्रदेशमा ओली समूह बलियो देखिन्छ । यो प्रदेशमा नेकपाका ३९ पालिका प्रमुखमध्ये ओली समूहमा २८ र दाहाल–नेपाल समूहमा ८ जना खुलेका छन् । ३ पालिका प्रमुख भने कतै लागेका छैनन् ।
त्यस्तै, नेकपाका ४३ पालिका उपप्रमुखमध्ये ३२ जना ओली र ९ जना दाहाल–नेपाल समूहमा खुलेर लागेका छन् । ३ जना उपप्रमुख खुलेका छैनन् भने १ जना गौतमका साथमा लागेका छन् ।
यस प्रदेशमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित ५ पालिका प्रमुख र ७ उपप्रमुख सबै दाहाल–नेपाल समूहमा लागेका छन् तर तत्कालीन एमालेबाट निर्वाचित ३४ पालिका प्रमुखमध्ये २८ जना ओली समूहमा, ३ जना दाहाल–नेपाल समूहमा र ३ जना तटस्थ छन् । त्यस्तै तत्कालीन एमालेबाट निर्वाचित ३६ उपप्रमुखमध्ये ३० जना ओली समूहसँग र २ जना दाहाल–नेपाल समूहमा छन् ।
लुम्बिनी
यस प्रदेशमा नेकपाका ६२ जना पालिका प्रमुख छन् । विभाजनपछि ३५ जना ओली समूहमा र २५ जना दाहाल–नेपाल समूहमा विभाजित भएका छन् । २ प्रमुख तटस्थ देखिन्छन् । त्यस्तै, नेकपाका ६५ उपप्रमुखमध्ये ३० जना ओली समूहमा, ३१ जना दाहाल–नेपाल समूहमा र ४ जना तटस्थ देखिन्छन् । यस प्रदेशमा पनि तत्कालीन एमालेबाट निर्वाचित ४३ जना पालिका प्रमुखमध्ये ३४ जना ओली समूहमा, ७ जना दाहाल–नपाल समूहमा र २ जना तटस्थ देखिएका छन् । तत्कालीन माओवादी केन्द्रबाट १९ जना पालिका प्रमुख निर्वाचित भएका थिए । तीमध्ये एक जना ओली समूहमा गएका छन् भने १८ जना दाहाल–नेपाल समूहमै देखिन्छन् ।
त्यस्तै, तत्कालीन एमालेबाट निर्वाचित ४३ उपप्रमुखमध्ये ३० जना ओली समूहमा, १० जना दाहाल–नेपाल समूहमा लागेका छन् भने ३ जना खुलिसकेका छैनन् । तत्कालीन माओवादी केन्द्रबाट २२ जना उपप्रमुखमा निर्वाचित भएका थिए । तीमध्ये २१ जना दाहाल–नेपाल समूहमा र १ जना तटस्थ छन् ।
कर्णाली
यस प्रदेशमा नेकपाका ५२ पालिका प्रमुख छन् । तीमध्ये १४ जना मात्रै ओली समूहमा देखिएका छन् । ३६ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ देखिन्छन् । नेकपाका ५८ उपप्रमुखमध्ये १७ जना ओली समूहमा, ३८ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ छन् । एक उपप्रमुख नेपालबाहिर छिन् ।
तत्कालीन एमालेबाट २८ जना पालिका प्रमुखमा निर्वाचित भएका थिए । पार्टी विभाजनपछि १४ जना ओली समूहमा, १२ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ देखिएका छन् । त्यस्तै, तत्कालीन एमालेबाट निर्वाचित ३१ उपप्रमुखमध्ये १७ जना ओली समूहमा छन् भने १२ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ छन् । तत्कालीन माओवादी केन्द्रबाट २४ जना पालिका प्रमुख निर्वाचित भएका थिए, जसमध्ये २३ जना दाहाल–नेपाल समूहमै छन् भने एक जना तटस्थ देखिन्छन् । त्यस्तै, तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित २७ उपप्रमुखमध्ये २६ जना दाहाल–नेपाल समूहमै छन् भने एक जना नेपालबाहिर छिन् ।
सुदूरपश्चिम
यस प्रदेशमा नेकपाका ३९ जना पालिका प्रमुखमध्ये १९ जना ओली समूहमा, १८ जना दाहाल–नेपाल समूहमा र २ जना तटस्थ देखिएका छन् । ५१ जना उपप्रमुखमध्ये २६ जना ओली समूहमा, २० जना दाहाल–नेपाल समूहमा र ५ जना तटस्थ छन् ।
यस प्रदेशमा तत्कालीन एमालेबाट ३९ जना पालिका प्रमुख निर्वाचित भएका थिए, जसमध्ये १९ ओली र १८ जना दाहाल–नेपाल समूहमा लागेका छन् भने २ जना तटस्थ छन् । त्यस्तै, तत्कालीन एमालेबाट निर्वाचित ४२ उपप्रमुखमध्ये २४ जना ओली समूहमा र १३ जना दाहाल–नेपाल समूहमा लागेका छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित १० पालिका प्रमुख सबै दाहाल–नेपाल पक्षमा उभिएका छन् भने ९ उपप्रमुखमध्ये २ जना ओली पक्षमा र अरू दाहाल–नेपाल पक्षमै छन् । news source – ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
