FLASH NEWS
  • Loading...

लिटल गार्डेनका छात्राहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३८७ पटक पढिएको
लिटल गार्डेनका छात्राहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नको तीन बर्षदेखी पहिचान र दोषीलाई कारवाही हुन नसकेको अवस्थामा वैतडीकी १७ बर्षिया भागीरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको पहिचान गरी कारबाही हुन नसक्दा आफुहरु झन असुरक्षित महसुस गरेको भन्दै बेनी स्थित बेनी स्थित लिटल गार्डेन एकेडेमीका कक्षा ८–१० का छात्राहरुले बालिका, किसोरी र नारीको अस्मिता र जीवन सुरक्षाको प्रत्याभुत गर्न प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएका हुन ।


प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा उनीहरुले भनेका छन, ‘एकपछि अर्को अवोध बालिका र किसोरीहरुको बलात्कार र हत्याका घट्नाका दोषीहरु पहिचान नहुने र कारवाही नभएको अवस्थामा बालिका, किसोरी र नारीहरुको अस्मिता रक्षा, निर्वाध हिंडडुल र बाँच्न पाउने अधिकारको सुरक्षा गर्न राज्य नै असफल बन्दै गएको महसुस भैरहेको तथा आफ्नै घर, आगन, टोलमा हिंड्न समेत भयभित तुल्याएको छ ।’
‘स्कुलमा नियमत कक्षा बाहेक ट्युसन, कोचिङ कक्षा लिन, तरकारी समेत किनमेल गर्न साँझ विहान घरबाहिर निक्लनु पर्दा डरले मुटु ढुक्क फुल्छ । पाईला पाईलामा असुरक्षित भएको महसुस हुँदा भयभित छौं । स्कुलमै पनि एक्लै शौचालय जाड डर लाग्छ’ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन सिडिओ कार्यालय पुगेकी लिटल गार्डेन एकेडेमी कक्षा १० कि छात्रा एलिशा खड्काले भनिन, ‘हामी मात्र होईन हाम्रा अभिभावकमा पनि विहान स्कुल गएकी छोरी बेलुका सकुसल घर फर्कन्छे/फर्कन्न भन्ने शंका परेको छ । हामी छोरीचेलीलाई पशुलाई झै अभिभावक गोठालो बस्नु पर्ने अवस्थाले मानव सभ्यताकै उपहास गरेको छ ।’


दोगडाकेदार, ७ निवासी सनातन धर्म माध्यामिक विद्यालय कक्षा १२ मा अध्ययनरत भागीरथी भट्टको गत माघ २१ गते वलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकै जंगलमा शव फेला परेको थियो ।
त्यसैगरी जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दल आवद्ध महिला संघ/संगठनहरुले छुट्टै भागिरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको छिटो पहिचान, निश्पक्ष छानवीन र कार्वाहीको माग गर्दै प्रर्शशन गरेका छन ।
‘कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारावर्ही हुन नसकेको अवस्थामा अर्की छात्राको पनि उस्तै प्रकृतिको घट्नाका दोषी अझै पत्ता नलाग्नु दुखद हो’ महिला मानवअधिकारकर्मी दीवा तिलिजाले भनिन्, ‘अपराधीको पहिचानगरी निश्पक्ष छानविन र कारवार्ही गर्न सरकार उदासीन भएको महसुस गरेका छौं । बलत्कारका दोषीलाई कडा कारवार्ही होस ।’