- Loading...
धवलागिरीका पाहुना हिँड्ने बाटो
- पुनहिल डट कम
- ४ साल अघि
- ३६० पटक पढिएको

म्याग्दी खोला भेगको धानखेती हुने अन्तिम वस्ती हो, ताकम । धौलागिरी गाउँपालिका, ७ ताकमको पुराना नाम भने किमचौर हो । ताकम वस्तीदेखी तलको धान फाँटको पुरानो नाम भने बाख्रीचौर हो ।
पुरातात्वीक महत्व राख्ने वस्ती हो । ताकम गाउँदेखी पश्चिम अग्लो डाँडामा अवस्थित छ, ताकमकोट । ठ्याक्कै मिती नखुलेपनि कालिकापीठ मन्दीर थापा राज्यकालमा विसं १३०० तिर र जगन्नाथ मन्दीर मल्ल राजाले विसं १६०० तिर निर्माण गरेको किम्बदन्ती छ । समुद्र सतहदेखी २६०० मिटर उचाईमा अवस्थित ताकमकोटबाट धौलागिरी, गुर्जा, चुरेन, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल राम्रोसँग देख्न सकिन्छ ।
ताकमकोटको एकै थलोमा जोडिएका तर छुट्टाछुट्टै मन्दीर छन, कालिकापीठ र जगन्नाथ । ताकमकोट पुग्ने धेरैले दुई छुट्टाछुट्टै कालिका र जगन्नाथ मन्दीर भएको भेउ नै पाउँदैनन । न ताकमकै नयाँ पुस्ताले दुई मन्दीरको इतिहाँस पढेको छ । दुई छुट्टाछुट्टै वंश खलकका राजाहरुले करिव ३ सय बर्ष अन्तरालमा निर्मित दुवै मन्दीरहरुमा आज प्रयन्त समान पुज्य छन ।
इतिहाँसकार चन्द्रप्रकाश बानियाँका अनुसार विस १२४६–१५४५ सम्म ताकममा थापा वंशका ७ पुस्ताले तीन शताबदी (२ सय ९९ बर्ष) र छिमेकी निसीभुजीबाट छिरेका समालवंशी डिम्बबम मल्लका सन्तानले विस १५४५–१८८२ असोज १४ गतेसम्म ताकममा शासन गरेका थिए । काजी अमरसिंह थापा नेतृत्वको गोर्खाली सेनाले ताकमलाई वृहत नेपालमा गाभेको हो । ताकम र वरपरका वस्तीमा थापा क्षेत्री, मगर, छन्त्याल, सुवेदी, पौडेल, दमाई र कामी जातिको मुख्य बसोबास छ । भण्डारी, कार्की समेत अन्य थरी पछि पुगेका हुन ।
म्याग्दी जिल्लाकै करिव ४५ प्रतिशत भुगोल ओगट्ने धौलागिरी गाउँपालिकामा राजनैतिक तथा साँस्कृतिक पदमार्ग (गुरिल्ला ट्रेल), धार्मिक पदमार्ग (ताकमकोट, उत्तरगंगा स्नान), गाउँ पर्यटन (होमस्टे), माउण्टेन टुरिजम (धौलागिरी, चुरेन र पुथा हिमाल आरोहण), साहसिक पदमार्ग, हर्वल टुरिजम (यार्सा ट्रेल, हनिहन्टीङ), हन्टीङ टुरिजम लगाएत दर्जनबढी पदमार्ग प्रवेश गर्ने गेट वे नै हो, ताकम गाउँ ।
गुरिल्ला ट्रेल
०६० चैत ७ गते बेनीमा आक्रमण गर्न आउँदा चैत ६ गते राती ताकममा बास वसेका थिए । माओवादी गुरिल्ला म्याग्दी–रुकुम–रोल्पासम्मको भु–भागका दर्जनौं स्थलमा युद्धको भग्नावशेष छन । माओवादी उद्गम थालो र उनीहरुले बढी प्रयोग गरेको बाटोलाई समेटेर ‘गुरिल्ला ट्रेल’ बनाईएको हो । यो राजनैतिक मात्र होईन, मगरबाहुल्य क्षेत्रको साँस्कृतिक पदमार्ग पनि हो ।
भौतिक पूर्वाधारको अभाव रहेको यस मार्गमा प्राकृतिक सुन्दरताल भरिपूर्ण कुमारी पदमार्ग छिचोल्न १६–१८ दिन लाग्छ । प्राय: सवै पदमार्ग क्याम्पेन हो । टि हाउस र सामुदायिक लज रेष्टुरेन्ट निर्माणमा चासो बढ्दै गएको छ । म्याग्दीको दरवाङ्ग, ताकम, लुलाङ्ग र ढोरपाटनमा फाट्टफुट्ट टि–हाउस (होटल, रेष्टुरेन्ट) बन्न थालेका छन ।
‘गुरिल्ला ट्रेल खाली माओवादी लडाकु हिँडेको बाटो मात्र होईन, यहाँ अनगिन्ती लुकेका पर्यटकीय स्थल, प्राकृतिक सुन्दरताले भरिपूर्ण सामाजिक तथा सांस्कृति मार्ग हो’ गुरिल्ला पदमार्गका प्रवद्र्धतकमध्यका एक सुरेन्द्र रानाले भने, ‘गुरिल्ला ट्ेरल पश्चिम नेपालको पिछौडेपन र आर्थिक विपन्नता हटाउने अवसरको ढोका पनि हो ।’
जलजला–ढोरपाटन
नेपालको एक मात्र बैद्यानिक शिकार आरक्षले ओगटेको ढोरपाटन सिमसार क्षेत्र साहसिक पर्यटन (एड्भेन्चर टुरिजम) गन्तब्य हो । ढोरपाटन धौलागिरी, गुर्जा, चुरेन, पुठा र सिस्ने हिमश्रृखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ तीन जिल्लाको १ हजार तीन सय २५ बर्ग किमी क्षेत्रफलको छ । विसं २०३९ सालमा स्थापना भएको ढोरपाटन शिकार आरक्षको मुख्य आकर्षण नाउर अर्थात नीलभेडा (द्यगिभ कजभभउ) हो ।
धौलागिरी
म्याग्दी जिल्लाको मुदी गाविसमा अवस्थित अवस्थित धौलागिरि हिमालय रेञ्जमा ६ वटा टाकुरा छन । धौलागिरि प्रथम–८१६७ मी., दोस्रो–७७५१ मी, तेस्रो–७७१५ मी, चौथो–७६६१ मी, पाचौं, ७६१८ मी र छैठौं ७२६८ मी. उचाई रहेको छ । धौलागिरि प्रथम संसारको सातौ र नेपालको छैठौं अग्लो हिमाल हो । धौलागिरी हिमश्रृखला हिममानव (यती) पाईने क्षेत्रको रुपमा पनि परिचित छ । पदमार्गको निमार्णपछि धौलागिरी आधार शिविरसम्म पुग्न पर्यटकलाई धेरै सजिलो भएको छ ।
लुकेको वस्ती
छिमेकी वस्तीबाट समेत हत्तपत्त कोही नपुग्ने धौलागिरी गाउँपालिका, १ मा अवस्थित असंख्य खोंच र विकटतासंगै चुरेन र गुर्जा हिमालको खोकिलामा लुकेको वस्ती हो, गुर्जा गाउँ । पुरै वडा एउटै गाउँ, गुजुमुञ्च परेका परम्परागत शैलिका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्याल बाहुल्य वस्ती, गुर्जामा अफ द वीटन ट्रेक्स (याा तजभ दभबतभल तचभपक) मार्फत गुर्जा सेन्चुरी पदमार्ग चल्न थालेको छ । फाट्टफुट्ट पर्यटक आउन थालेपछि लुकेको वस्तीमा ‘हिडन होमस्टे’ सुरु गरिएको छ ।
‘धौलागिरी र ढोरपाटन पदमार्गको विचमा लुकेको वस्ती गुर्जा प्राकृतिक सुन्दरता, भौगोलिक तथा साँस्कृतिक विविधतायुक्त पुग्नै पर्ने गन्तब्य हो’ गुर्जाको पर्यटन संभावना प्रसस्त छ, धौलागिरी गाउँपालिका, १ का वडाध्यक्ष एवं पर्यटन अभियन्ता झकबहादुर छन्त्यालले भने, ‘लुकेको वस्ती गुर्जा एक पटक पुग्नै पर्ने ठाउँ हो । गुर्जा पदमार्गबारे वेभसाईट, म्याप बुक र गाईड बुक उपलब्ध छ ।’
यार्सा ट्रेल
ताकमबाट छिरेर जानु पर्ने अर्को महत्वपूर्ण पदमार्ग हो, यार्सा ट्रेल । ताकमबाट लुलाङ्गहुँदै लुकेको वस्ती गुर्जा अनि गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको वेस क्याम्पको एउटै पदमार्गबाट छिचोल्दै रुकुम हुँदै रुकुमको टकसरा निक्लने यार्सा ट्ेरेल पुरा गरिन्छ ।
गुर्जाबाट दलसिङ्गे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन वेसक्याम्प, पुथा वेसक्याम्प हुँदै रुकुमको टकसरासम्मको पदमार्ग यार्सागुम्बा पाईने मुख्य क्षेत्र पाईने भएकोले यस पदमार्गको नाम यार्सा ट्रेल राखिएको हो । पश्चिम धौलागिरी ट्रेक मार्फत यार्सा ट्रेल नक्साड्ढन गरिएको छ ।
धार्मिक पदमार्ग
स्थापत्यकालको दृष्टिकोणले महत्व राख्ने धौलागिरी गाउँपालिका, ७ ताकमस्थित ताकमकोटको एउटा प्रशिद्ध शक्तिपीठ हो ।
ताकमकोटको एकै थालोमा दुई वटा छुट्टाटुट्टै तर जोडिएका मन्दीर छन, कालिकापीठ र जगन्नाथ । ठ्याक्क मिती नखुलेपनि सोही अवधिमा ताकमकोट कालिका मन्दीर विसं १३०० तिर निर्माण गरेको किम्बदन्ती छ ।
ताकमकोट मन्दीर घना जंगलको विचमा समुद्र सतहदेखी २६०० मिटर उचाईमा छ । कोटबाट धौलागिरी, जुर्गा, चुरेन, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल राम्रोसंग देख्न सकिन्छ । कालिकाको स्वरुप ठूलो फलामको ओदानलाई मान्ने गरिएको छ । ताकमको यही ओदानलाई शक्तिपीठको रुपमा मान्ने गरिएको छ ।
‘ताकमकोट र त्यहाँको ओदानलाई हामी ठूलो शक्ति पीठका रुपमा पुज्ने गर्छौं । यहाँको ओदानलाई चोखोनिष्ट भै शुद्ध मनले भाकल गरे, आँटेको पुग्ने गरेको हाम्रो पुस्तैनी अनुभव छ’ ताकमकोट संरक्षण समितिका अध्यक्ष तेजबहादुर थापाले भने, ‘यो मन्दीर कम्तीमा सात सय बर्ष पुरानो हो । ताकमकोटको धार्मिक मात्र होईन, एतिहाँस पनि पुरानो र गर्विलो छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
