- Loading...
मदन भण्डारीका चालकको हत्या माओवादीले गरेको हो : मन्त्री भट्ट
- पुनहिल डट कम
- ४ साल अघि
- ३२८ पटक पढिएको

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मदन भण्डारीको मृत्युपछि जीवितै रहेका चालक अमर लामाको हत्या माओवादीले गरेको खुलासा गर्नुभएको छ ।
प्रेस संगठन सुदूरपश्चिमको प्रदेशस्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै नेकपा ओली पक्षका स्थायी समिति सदस्य भट्टले केपी ओलीले षडयन्त्र गरी मदन भण्डारीको हत्या गरेको हल्ला फैलाए पनि पुष्पकमल र माधवकुमार नेपालको हात रहेको संकेत गर्नुभएको थियो ।
‘मदन भण्डारीको हत्या केपी ओलीले गर्यो भनेर हल्ला फिजाइयो,’ उहाँले भन्नुभयो, ‘तर बुझ्दै जाँदा त्यतिखेर नेकपा एमालेको प्रमुख व्यक्ति माधवकुमार नै रहेछन्। यथार्थ कुरा बाहिर आएको छैन।’
मदनकुमार भण्डारीका चालक अमर लामाको भने माओवादीले नै हत्या गरेको उहाँको दाबी थियो । ‘अमर लामालाई माओवादीकै कमरेडहरुले समाते’ उहाँले भन्नुभयो, ‘मर्यो भने पनि उनलाई मारियो। यो कुरा अहिलेसम्म बाहिर आउन सकेको छैन। दरबार हत्याकाण्डजस्तै रहस्यमा राखिएको छ ।’
२०५० जेठ २ गते नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगामा दुर्घटनामा भएको थियो। त्यो जीप लामाले चलाएका थिए।
त्यो दुर्घटना भवितव्य नभएर गराइएको भनिए पनि घटनाका प्रत्यक्ष जानकार जीवित रहेका चालक लामाको २०६० मा हत्या गरिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
